इपिएल क्रिकेटको अन्तिम ४ टोलीको टुङगो लाग्यो ।

0

काठमाडौं, पुस १२ -विराटनगर वारियर्स, भैरहवा ग्ल्याडियटर्स, पोखरा राइनोज र ललितपुर प्याट्रिएट्स एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको अन्तिम ४ मा पुगेका छन् ।

बुधबारको पहिलो खेलमा विराटनगर र भैरहवा तथा दोश्रो खेलमा ललितपुर र पोखरा खेल्नेछन् । विराटनगर र भैरहवाबीचको खेलमा विजयी हुने टोली फाइनलमा पुग्नेछ भने हार्ने टोलीले ललितपुर र पोखराबीचको विजेतासँग प्लेअफ खेल्नेछ । प्रतियोगिताका ६ टोलीमध्ये काठमाडौं किंग्स इलेभेन र चितवन टाइगर्स भने समूह चरणबाटै बाहिरिएका छन् ।

मंगलबारको दोश्रो खेलमा ललितपुर प्याट्रिएट्सले पोखरा राइनोजलाई ६ विकेटले हराएको छ । रोमाञ्चक खेलको अन्तिम बलमा रन चाहिएकोमा ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले छक्का हान्दै टीमलाई जिताए ।

१ सय ३३ रनको लक्ष्य पाएको ललितपुरका लागि जयकिशन कोल्सवालाले ५५, शंकर रानाले ३५ र कप्तान ज्ञानेन्द्र मल्लले नटआउट ३३ रनको योगदान दिए । यसअघि कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । उसका सुनिल धमलाले नटआउट ७० र राजेश पुलामीले ३२ रन बनाएका थिए ।

मंगलबारको पहिलो खेलमा भैरहवा ग्ल्याडियटर्सले चितवन टाइगर्सलाई ४ विकेटले हराएको थियो ।

Share.

About Author

Leave A Reply