ईलाका बन कार्यालय राजापुर बर्दियाका बनरक्षक सिताराम थारू ३० हजार घुससहित रंगेहात पक्राउ।

0

असोज–२६ बर्दिया।बर्दियाको राजापुरबाट घुस सहित रंगेहात ईलाका बन कार्यालयका बन रक्षकलाइ पक्राउ गरीएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कोहलपुरको टोलीले इलाका वन कार्यालय राजापुरमा कार्यरत वन रक्षक सिताराम थारुलाइ ३० हजार घुससहित रंगेहात पक्राउ गरीएको हो।काठ निकासी छुट पुर्जीको म्याद थपिदिने भन्दै सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ परेका अख्तियार दुरुपयोगन अनुसन्धान आयोग कोहलपुरका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो।वन रक्षक थारुले घुस स्वरुप रकम माग गरेको सूचना तथा उजुरीको आधारमा छापा मार्दा वन रक्षक घुस रकम सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईहेको प्रहरी उपरिक्षक कार्कीले बताउनुभयो।

Share.

About Author

Leave A Reply