उच्च अदालत सुर्खेतमा यो वर्ष ३१९ वटा मुद्दा दर्ता

0

चैत–२९सुर्खेत।उच्च अदालत सुर्खेतले पछिल्लो ६ महिनामा १ सय ७० मुद्धाको टुंगो लगाएको  जनाएको छ।आर्थिक २०७४ / ०७५ को फागुन मसान्तसम्म दर्ता भएका ३ सय १९ मुद्धा मध्य १ सय ७० मुद्धाको टुंगो लगाएको हो।अदालतका रजिष्टार जितेन्द्रबाबु थपलियाले अघिल्लो वर्षबाट जिम्मेवारी सरेका ९७ र यसवर्ष २ सय २२ मुद्धा दर्ता भएको जानकारी दिनुभयो ।यस्तै सुर्खेत जिल्ला अदालतले ६ महिनामा १ हजार १४ मुद्धा मध्य ५ सय ६८ मुद्धा र दैलेख जिल्ला अदालतले २ सय ४२ मुद्धा मध्य ७६ मुद्धा टुंगो  लगाएतका छन ।अदालतका न्यायाधीश यज्ञराज भट्टले अदालतलाई प्रविधी मैत्री बनाउँदै लैजान आफुहरु लागिरहेको बताउनु भएको छ।उहाँले अदालतसँग जनताको निकट सम्बन्ध स्थापना गर्नकालागि समुदायमा अन्तरक्रिया संचालन गर्ने गरिएको बताउनुभयो ।

Share.

About Author

Leave A Reply