उपप्रधानमन्त्री थापा र निधिको बरियताक्रम बारेको विवाद कायमैः मन्त्रीपरिषद बैठक आउँदो आर्इतबारसम्मकालागि स्थगीत ।

0

चैत–२५काडमाण्डाै। मन्त्रिपरिषद बैठक आउँदो आइतबार सम्मकालागि स्थगित भएको छ।हिजो दिउँसो ३ बजेकालागि बोलाइएको बैठक स्थगित गरी आइतबार दिउँसो ३ बजे बोलाइएको हो। उपप्रधानमन्त्रीहरु विमलेन्द्र निधि र कमल थापाको बरियता नमिल्दा चैत ३ गतेदेखि मन्त्रीपरिषद बैठक बस्न सकेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहालले निधिलाई दोस्रो वरियता दिनेगरि मन्त्रिपरिषद बैठक बोलाएपनि थापाले असन्तुष्टी जनाएपछि बैठक आइतबारसम्मकालागि सारिएको मन्त्रीपरिषद श्रोतले जनाएको छ। वरियता विवादकै कारण चैत १० गते प्रधानमन्त्री दाहाल चीन भ्रमणमा जाँदासमेत कार्यवाहक नतोकी र भ्रमण अनुमोदन नगरी जानुभएको थियो।संविधान संसोधनका विषयमा मधेसी मोर्चाले मोर्चाको माँग सम्बोधन गर्ने गरि संसदमा पेश गर्ने नयाँ प्रस्ताव बारे छलफल गर्न भन्दै बैठक बोलार्इएको थियो।बैठकमा प्रहरी प्रमुख नियुक्ति, चुनावको तयारी लगायतका विषयमा छलफल हुने बतार्इएको थियो।

Share.

About Author

Leave A Reply