उषा बाल बाटिका प्याब्सन कप क्रिकेटको उपाधिका जित्न सफल।

0

पुष–१८सुर्खेत।सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्याब्सन कप टि–ट्वेन्टी क्रिकेटको उपाधि उषा बाल बाटिका माध्यामिक बिद्यालयले हात पारेको छ।निकै रोमाञ्चक बनेको फाईनल खेलमा सुर्खेत होराईजन एकेडेमीलाई १५ रनले हराउँदै उषाले सन्सनीपूर्ण जित हासिल गरेको छ।स्थानीय कालुङचोक मैदानमा टस जितेर पहिले व्याटिङ गरेको उषाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८५ रन बनाएको थियो।उषाका लागी प्रबेश खानले १७ र दिपक थापाले १५ रन बनाउँदा होराईजनका सुमित माझी,ज्ञानबहादुर मास्की र पुष्पराज सुवेदीले २÷२ विकेट लिनु भयो।जवाफमा ८६ रनको लक्ष्य पछयाउँदै व्याटिङ गरेको होराईजनले निर्धारीत ओभरमा ७ विकेट गुमाएर ६७ रनमा समेटीएको हो।उषाका दिपक थापा र सरोज कोईरालाले २÷२ विकेट लिन सफल हुनु भयो।बलिङमा उत्कृष्ठ प्रर्दशन गरेर सामान्य स्कोरको अवस्थामा रोक्न सफल भएपनि व्याटिङमा जम्न नसक्दा होराईजन नतिजा सुम्पन बाध्य भयो।खेलमा अन्तिमतिर ३० बलमा ३५ रन चाहिएपनि होराईजनका व्याट्स म्यानलाई उषाका बलरले खुलेर खेल्न नदिदा खेल आफनो पक्षमा पार्न सफल भयो।फाईनलमा म्यान अफ दि म्याच उषाकै दिपक थापा हुनु भयो।प्रतियोगितामा बिजेता र उप– बिजेता टिमलाई यही २४ गते प्याप्सन डे को अवसरमा ट्रफि,मेडल र प्रमाणपत्र दिईने प्याप्सन सुर्खेतका अध्यक्ष बेदप्रकाश ढकालले बताउँनु भयो।यस्तै बेस्ट व्याट्स म्यान,बलर र म्यान अफ दि सिरीजलाई पनि २४ गते ट्रफि प्रदान गरीने उहाँको भनाई छ।यस्ता प्रतियोगिताले सुर्खेतको क्रिकेटको बिकासमा महत्वपूर्ण टेवा पुग्ने जिल्ला क्रिकेट संघका सचिव प्रकाश भुषालले बताउँनु भएको छ।प्रतियोगितामा १२ टिम सहभागी भएका थिए।

Share.

About Author

Leave A Reply