एएफसी एसियन कप छनोट फुटवलमा ताजकिस्तान विरुद्धको दोस्रो खेलमा नेपाल ३-० ले पराजित।

0

असाेज–२५।एसिया कप फुटबल छनौटको आफ्नो चौथो खेलमा ताजकिस्तानसँग पराजित भएपछी एशिया कप खेल्न नेपाललाइ कठीन भएको छ।हिजो भएको अवे खेलमा नेपाल ताजकिस्तानसँग ३–० गोल अन्तरले पराजित भएको हो।ताजकिस्तानले तीनै गोल पेनाल्टीमा गरेको थियो।ताजकिस्तानसँग पराजित भएसँगै नेपालको शीर्ष दुईमा परेर एसिया कपमा छनौट हुने संभावना लगभग सकिएको छ।चार टिम सहभागी समूह ‘एफ’ मा तीन खेलबाट एक अंकमात्र जोडेको नेपाल पुछारमा छ।अब नेपालले फिलिपिन्ससँग काठमाडौंमा र यमनसँग उसकै मैदानमा खेल्न बाँकी हुन्छ।

Share.

About Author

Leave A Reply