एएफसी महिला फुटबलमा नेपाल र मलेसियाले अंक बाँडे।

0

असोज ८।१६ वर्ष मुनिको एएफसी महिला फुटबलमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले मलेसियासंग अंक बाँडेको छ।काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा भएको खेलमा नेपाल र  मलेसियाले चार चार गोलको बराबरी खेलेका हुन।समूह ‘ई’ अन्तर्गतको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–शून्य  तथा दोस्रो खेलमा म्यान्नमारसँग ११–१ फराकिलो अन्तरको हार भोगेको थियो ।यसैबिच म्यान्मारले फिलिपिन्सलार्इ ५–१ गोल अन्तरले हराउदै थार्इल्यान्डमा अर्को वर्ष हुने १६ वर्ष मुनिको एएफसी महिला च्याम्पियसिपमा ठाउँ पक्का गरेको छ।उपविजेता बनेको फिलिपिन्सको पनि एएफसी महिला च्याम्पियसिपको संभावना कायम रहेपनि उसले अरु समूहको नतिजा कुर्नुपर्ने भएको छ ।

Share.

About Author

Leave A Reply