एएफसी २३ वर्षमुनिको च्याम्पियनसिपको छनोट खेल खेल्ने नेपाली टोलीको ।

0

चैत-२ ।अखिल नेपाल फुटबल संघ एन्फाले कतारमा आयोजना हुने एएफसी २३ वर्षमुनिको च्याम्पियनसिपको छनोट खेल खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।सन् २०२० मा थाइल्याण्डमा आयोजना हुने च्याम्पियनसिपका लागि दोहामा हुने छनोटका लागि नेपालले २३ सदस्यीय टोलीको घोषणा गरेको हो।छनोट मार्च २२ देखि २६ सम्म हुने छ।नेपाली टोलीमा अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, अर्पण कार्की, असिम भुसाल,विकास खवास, बिमल घर्तिमगर, बिश्वास श्रेष्ठ, दिनेश राजवंशी र गौरब बुढाथोकी रहनु भएको छ।यस्तै हेमन्त थापा मगर, कमल श्रेष्ठ, प्रिजन तामाङ, धिरज श्रेष्ठ,  रोमन रसाइली, सुमन अर्याल, सुनिल बल, तेज तामाङ,छिरिङ गुरुङ, नितिन थापा र दिप कार्की टोलीमा पर्नुभएको छ।टोलीको मुख्य प्रशिक्षक बाल गोपाल महर्जन र सहायक प्रशिक्षक सुमन श्रेष्ठ रहनु भएको छ।छनोटको समूह ‘ए’ मा रहेको नेपालले बलियो टोलीहरु कतार, ओमान र अफगानिस्तानसँग खेल्नेछ।नेपालले पहिलो खेल ओमानसंग मार्च २२ मा खेल्नेछ।यस्तै मार्च २४ मा कतार र अन्तिम खेलमा नेपालले मार्च २६ मा अफगानिस्तानसँग खेल्नेछ। छनोटको शीर्ष टोलीले एएफसी २३ वर्षमुनीको च्याम्पियनसिप खेल्नेछ।यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन।

Share.

About Author

Leave A Reply