एकदिवसीय क्रिकेटको नयाँ वरीयता सार्वजनिक।

0

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले एकदिवसीय खेलाडीको वरीयताक्रम सार्वजनिक गरेको छ।

विश्वकपमा गरेको प्रदर्शनका आधारमा सार्वजनिक गरिएको वरीयताक्रममा इंग्ल्याण्ड र न्यूजिल्याण्डका खेलाडीले फड्को मारेका छन।

ब्याटिङतर्फ भारतका कप्तान विराट कोहली शीर्ष स्थानमा रहनु भएको छ भने रोहित शर्मा दोस्रो स्थानमा हुनुहुन्छ।

पाकिस्तानका बाबर आजम तेस्रो स्थानमा रहदाँ दक्षिण अफ्रिकाका फाफ डु प्लेसी पाँचौंबाट चौथो स्थानमा उक्लिनुभएको छ।

न्यूजिल्याण्डका रोस टेलर भने पाँचौं स्थानमा धकेलिनुभएको छ।

विश्वकप फाइनलमा उत्कृष्ट प्रदर्शन गरेर प्लेयर अफ् द टुर्नामेन्ट बन्नुभएका न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले अहिलेसम्मकै सर्वाधिक अंक बनाउनुभएको छ।

उहाँले ७९६ अंक बनाउदा अष्ट्रेलियाका डेविड वार्नर सातौं स्थानमा रहदा इंग्ल्याण्डका जो रुट आठौं, दक्षिण अफ्रिकाका क्विन्टन डि कक नवौं र इंग्ल्याण्डका ज्यासन रोय १०औं स्थानमा रहेकाछन।

बलिङतर्फ पनि भारतका जस्प्रित बुमराह शीर्ष स्थानमा रहँदा न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट दोस्रोमा, दक्षिण अफ्रिकाका कागिसो रबाडा तेस्रो, अष्ट्रेलियाका प्याट कमिन्स चौथोमा र दक्षिण अफ्रिकाका इमरान ताहिर पाँचौं स्थानमा छन।

Share.

About Author

Leave A Reply