पहिलाे एकदिवसीय क्रिकेट खेलमा नेपाल५५ रनले पराजित।

0

साउन १७ सुर्खेत।पहिलो एतिहाँसीक एकदिवसीय क्रिकेटमा नेपाल नेदरल्याण्ड्स संग ५५ रनले पराजित भएको छ।१९० रनको लक्ष्य पछ्याएको नेपाल १३४ रनमा समेटिएको छ। नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेल्दै उत्कृष्ट सुरुवात गराउनु भएको थियो।२१ रनको व्यक्तिगत स्कोरमा अनिल साह आउट भएपछि नेपालको पारी धर मराउन शुरु भएको थियो।दीपेन्द्र सिंह ऐरीले पारी सम्हाल्न खोजे पनि उहाँ ३३ रनमा पेभेलियन फर्किनुभयो।त्यसैगरी कप्तान पारस खड्काले बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङ भने उहाँको चल्न सक्नु भएन।खड्का १२ रनमा र शक्ति गौचन ४ रन जोड्दै नट आउट हुनुभयो। चार जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन भने आरिफ शेखसोमपाल कामी र बसन्त रेग्मीकरन केसी खाता नै नखोली आउट भएका हुन्। सन्दीप लामिछानेले एक रन जोड्नुभएको भयो।फिल्डिङ गर्दा औंलामा चोट लागेका शरद भेषावकर अन्तिम नम्बरमा ब्याटिङमा आउनु पनि नेपालकालागि दुर्भाग्य बन्यो।उहाँ जम्मा ४ रनमा आउट भएपछि नेपालको पारि सकिएको थियो। टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले नेपाललाई १८९ रन बनाएको लक्ष्य दिएको थियो।नेदरल्याण्ड्स ४७ ओभर चार बलमा अलआउट भएको थियो।यी दुर्इ बीचको अर्को खेल भोली हुने छ।

Share.

About Author

Leave A Reply