एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पुरा।

0

असार-२२ सर्खेत।इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पुरा भएको छ।गएराति भएको अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको अन्तिम लिग खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो।अष्ट्रेलिया दक्षिण अफ्रिकासँग १० रनले पराजित भयो।यस पटकको विश्वकपमा आयोजकइंग्ल्याण्डसँगै साविकको बिजेता अष्ट्रेलिया, भारत र न्युजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन।जारी विश्वकपको अंक तालिकामा भारत शीर्ष, अष्ट्रेलिया दोस्रो, इंग्ल्याण्ड तेस्रो र न्युजिल्याण्ड चौंथो स्थानमा रहदै सेमिफाइनलमा पुगेका हुन।

 

भारतले ९ खेलबाट १५ अंक जोडेको छ भने अष्ट्रेलियाले १४, इंग्ल्याण्डले १२ र न्युजिल्याण्डले ११ अंक जोड्यो।अब पर्सी पहिलो सेमिफाइनलमा भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।दोस्रो सेमिफाइनलमा बिहिवार अष्ट्रेलिया र इंग्ल्याण्डबीच खेल हुनेछ।दुई सेमिफाइनल विजेता टोलीले जुलाई १४ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।ओपनर रोहित शर्मा र लोकेश राहुलले शतक प्रहार गरेपछि एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको अन्तिम खेलमा भारतले श्रीलंकामाथि ७ विकेटको सानदार जित हासिल गरेको छ ।

 

श्रीलंकाले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ४३ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो ।रोहितले जारी विश्वकपमा पाँचौं शतक प्रहार गर्नभएको छ।विश्वकपमा ५ शतक प्रहार गर्ने रोहित पहिलो ब्याट्सम्यान पनि बन्नु भएको छ। त्यस्तै रोहित सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पहिलो स्थानमा उक्लिनुभएकव् छ।टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले एन्जेलो मेथ्युजको शतकमा निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ६४ रनको योगफल बनाएको थियो।

 

 

 

Share.

About Author

Leave A Reply