एकसातादेखी फैलिएको भार्इरल र रूघाखोकिका कारण जाजरकोटमा ज्यान गुमाउँनेको संख्या ९ पुग्यो।

0

पुष–२३ जाजरकोट।एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोका कारण जाजरकोटमा ज्यान गुमाउँनेको संख्या ९ पुगेको छ।रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका–२ मजकोटकी ५२ वर्षीया धनसरा नाथ र ७२ वर्षीय सतरुप शाही, ६२ वर्षीया आइती तिरुवा, फापरवाँया टोलका ५२ वर्षीय करसिंह टमाटा, स्थानीय रामबहादुर शाहीका पाँच दिनका छोरा र शान्तबहादुर शाहीका दुई महिनाका छोराको पनि ज्यान गएको छ।यस्तै मानबहादुर विकका पाँच महिनाका छोरा, कालो दमार्इंका सात महिनाका छोरा, बिर्ख नाथकी पाँच वर्षीया छोरी कविता नाथ र एक नाम नखुलेका बालकको मृत्यु भएको स्वाथ्य चौकी बड्कुलेका प्रमुख हरिबहादुर सिंहले बताउनुभयो।नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा अहिलेसम्म औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन्।स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख हरिबहादुर सिंहले बताउनुभयो।जिल्लाबाट पठाएको औषधि र स्वास्थ्यकर्मी अहिलेसम्म पुग्न नसकेको उहाँले बताउँनु भयो।प्रभावित क्षेत्रमा अझै स्वास्थ्यकर्मी पुग्न नसकेको स्थानीय प्रेम न्यौपानेले बताउनुभएक् छ।स्वास्थ्य संस्थामा मात्र उपचार कार्य जारी रहेको प्रमुख सिंहले बताउनुभयो।औषधि र स्वास्थ्यकर्मी छिटो रोग प्रभावित क्षेत्रमा पठाउनुप¥यो भन्दै स्थानीयवासीले बड्कुले स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीलाई केहीबेर घेरेको डाक्टर पवन शाक्यले बताउनुभयो।स्वास्थ्य चौकी बड्कुलेबाट रोग प्रभावित क्षेत्र मजकोट पुग्न करिब पाँच घण्टा लाग्ने भएका कारण त्यहाँ पुग्न नसकिएको हो।अहिले स्वास्थ्य संस्थामा आफूमात्र भएको र एकैदिन हिजो १ सय ४५ जना बिरामीलाई स्वास्थ्य चौकीमा नै सामान्य जाँच गरेको सिंहले बताउनुभयो।यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले पाँचजनाको भाइरलका कारण मृत्यु भएको पुष्टि गर्नुभएको छ।जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले रोग प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालनका लागि सदरमुकामबाट औषधि झिकाएको बताउनुभयो।

Share.

About Author

Leave A Reply