एन्फामा अनियमिताबारे चार जिल्ला फुटबल संघले पुनःअख्तियार उजुरी दर्ता गराए।

0

असार १, एन्फामा अनियमिताबारे भएको भन्दै चार जिल्ला फुटबल संघले पुनःअख्तियार अनुसन्धान र सार्वजनिक लेखा समितिमा उजुरी दर्ता गराएका छन।

युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको छानबिन कमिटिले पूर्वाग्रह प्रतिवेदन तयार गरेको भन्दै पुनः उजुरी दर्ता गराएको उनिहरुले बताएका छन।

काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघले प्रेस विज्ञप्ति निकाल्दै छानबिन कमिटिको प्रतिवेदन थप छानबिन गर्न मागगर्दै उजुरी दर्ता गरिएका हुन।

छानबिन समितिले सत्यतथ्य नबुझी एक पक्षिय रुपमा उजुरीकर्तालाई समेत जानकारी नदिई गुपचुप रुपमा दोषीलाई संरक्षण गर्ने गरेको उनिहरुको भनार्इ छ।

एन्फामा आर्थिक अनियमिता भएको आरोरप लगाउँदै चार जिल्ला संघले २०७५ पुस २२ गते अख्तियारमा उजुरी गरेका थिए।

एन्फामा भएको आर्थिक अनियमिता र अवैधानिक कार्यको विरोध गर्दा अवैधानिक तरिकाले जिल्ला संघमाथि नै एन्फाले षड्यन्त्र पुर्वक तरिकाले प्रहार गरिरहेको जनाएको छ ।

त्यस्तै चार जिल्ला संघले राष्ट्रिय खेलकुद परिषद राखेपले समेत एन्फाको अवैधानिक कार्यमा प्रोत्साहन गरिरहेको आरोप लगाएको छ।

उनीहरुले १४ बुँदे आरोप लगाउँदै एन्फाभित्र भएको आर्थिक अनियमितता छानविन गर्न माग गरेका थिए।

अख्तियारले मन्त्रालयको नेतृत्वमा छानविन समिति गठन गरेर आरोपको अनुसन्धान गरेको थियो।

तर आरोप प्रमाणित हुने आधार नभेटिएको भन्दै अख्तियारले एन्फालाई क्लिन चिट दिएको थियो।

 

 

 

Share.

About Author

Leave A Reply