एफसी एसियन कप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल यमनसँग पराजित

0

चैत–१४।एफसी एसियन कप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ । कतारको दोहा स्थित सुहेम विन हमाद रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–१ ले पराजित भयो ।यो जितसँगै यमनले अर्को बर्ष युएईमा हुने एएफसी एसियन कपमा स्थान सुरक्षित गरेको छ । समूह एफबाट फिलिपिन्स समुहको विजेता र यमन उपविजेता बन्दै एसियन कपमा छनोट हुँदा नेपाल र ताजिकिस्तान भने बाहिरिएकाछन । यमनले लिएको सुरुवाती अग्रतामा नवयुग श्रेष्ठले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । २४ औं मिनेटमा अब्दुलेवासिया अल मातारीले गोल गर्दै यमनलाई अग्रता दिलाउनुभएको थियो ।पहिलो हाफको इज्युरी समयमा नवयुग श्रेष्ठले गोल गर्दै खेल बराबरीमा पु¥याउनुभयो ।८३ औं मिनेटमा विराज महर्जनले डिबक्स भित्र फल गरेका कारण यमनले पेनाल्टी पायो ।पेनाल्टीलाई मातरीले नै गोलमा परिणत गर्दै यमनलाई २–० को जित दिलाउनुभयो ।

Share.

About Author

Leave A Reply