एभिसी सेन्ट्रल जोन पुरुष भलिबल आजबाट शुरु ।

0

भदाै २,पहिलो पटक नेपालमा आयोजना भको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप आज बाट शुरु हुदै छ।

उद्घाटन खेलमा घरेलुटोली नेपालले आज बलियो टोली कीर्गिस्तानसंग भिड्ने भएको छ।

फाईनल पुग्ने लक्ष्य लिएको घरेलु टोली नेपालले प्रतियोगिताको पहिलो खेलमै कठिन प्रतिद्वन्दीको सामना गर्न लागेको हो।

खेल ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा हुनेछ।

घरेलु मैदान र समर्थकको साथ सहित नेपाली टिम प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा हुनेछ।

कीर्तिस्तानलाई हराउँदै एक खेल अगावै प्रतियोगिताको सेमिफाईनल पुग्ने अवसर समेत नेपाललाई छ।

तीन देशमात्र रहेको समुह एमा एक जितले मात्र टोली सेमिफाईनल प्रवेश गर्न सक्ने सम्भावना छ।

समुह एमा नेपाल, कीर्तिस्तान सहित माल्दिभ्स समेत रहेको छ।

तर, प्रतियोगिता अघि दुई मैत्रीपूर्ण खेलमा जित निकालेको नेपाली टिमले कमजोरीमा उल्लेख्य सुधार गर्नुपर्ने देखिएको छ।

नेपालले प्रतियोगिता अघि अफगानिस्तानसँगको दुई मैत्रीपूर्ण खेलमा जित हासिल गरेको थियो।

नेपाल रहेको समुह ए मा कीर्गिस्तान र माल्दिभ्स रहेका छन् भने समुह बीमा तुर्केमिनिस्तान, बंगलादेश, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन।

नेपालले समुह चरणको दोस्रो खेलमा बुधबार माल्दिभ्ससंग खेल्नेछ।

प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

 

 

Share.

About Author

Leave A Reply