एभिसी सेन्ट्रल जोन भलिबलमा नेपालले आज माल्दिभस संग भसड्ने।

0

भदौ ४ सुर्खेत, एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा आज तीन खेल हुदै छन।

ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने खेलमा नेपाल र माल्दिभ्स भिड्ने भएका छन।

नेपाललाई अघिल्लो चरण पुग्न माल्दिभ्सलाई हराउनैपर्ने दबाब रहेको छ भने विजेता टिमले सेमिफाईनलको यात्रा तय गर्नेछ।

दुवै टोली प्रतियोगितामा जित विहिन छन।

समुह एको पहिलो खेलमा दुवै टिम किर्गिस्तानसंग पराजित भएका थिए।

समुह एबाट अघिल्लो चरण पुग्ने एक टोलीको टुङ्गो लाग्न बाँकी छ।

नेपाल र माल्दिभ्सबीचको विजेता टोलीले सेमिफाईनलमा स्थान बनाउनेछ।

यस्तै आजै हुने दिनको पहिलो खेलमा समुह बीबाट उज्वेकिस्तान र अफगानिस्तान भिड्नेछन् ।

सेमिफाईनलका नजिक पुगेको उज्वेकिस्तान जित निकाल्दै सतप्रतिशत नतिजा आत्मसाथ गर्ने योजनामा रहेको छ।

उज्वेकिस्तानले यसअघि तुर्कमेनिस्तान र बंगलादेशलाई हराएको थियो।

अघिल्लो चरण प्रवेश यात्रा सहज बनाउन अफगानिस्तानलाई समेत बलियो प्रतिद्वन्दीविरुद्व जित निकाल्न आवश्यक छ ।

यस्तै आजै साँझ ७ बजे तुर्कमिनिस्तान र बंगलादेश खेल्नेछन्।

अघिल्लो चरण प्रवेशको गणितिय सम्भावना बाँकी राख्न तुर्कमिनिस्तानलाई जित आवश्यक छ।

पहिलो खेलमा तुर्कमिस्तानले अफगानिस्तानलाई हराएको थियो भने बंगलादेशले भने उज्वेकिस्तानसंग हार ब्यहोरेको छ।

बगलादेशलाई समेत अघिल्लो चरण प्रवेशको गणितिय सम्भावना जिवित राख्न तुर्कमिनिस्तनविरुद्व अप्रत्यासित जित निकाल्न आवश्यक छ।

Share.

About Author

Leave A Reply