एमयुमा झडपहुदाँ तिन विधार्थी घाइते ।

0

पुस २७,सुर्खेत मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएका छन।

हिजो साँझ विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहसँग ईन्जिनियरिङ्ग संकायका विद्यार्थीको रिटेक परीक्षाको विषयमा ज्ञापनपत्र बुझाउने क्रममा विवाद हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले छोडेको आश्रु ग्यासबाट विद्यार्थी घाइते भएका हुन।

प्रहरीले उपकुलपतिसहित कर्मचारीहरुलाई विद्यार्थीले केन्द्रीय भवनमै थुनेपछि भीड नियन्त्रण गर्नका लागि सामान्य बल प्रयोग गरेको बताएको छ।

घाईते हुनेमा रोशन बस्नेत, तर्कराज शाही र लक्षमण वोगटी रहेका छन्।

विश्वविद्यालयका पदाधिकारी र आन्दोलनरत विद्यार्थीवीच विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन तीन राउण्ड आश्रु ग्यास फायर गरिएको प्रहरीले जनाएको छ।

घाइते विद्यार्थीको स्थानीय माया नर्सिङ्ग होममा उपचार भईरहेको छ।

यसअघि विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले पुस २४ गते रिटेक परीक्षा को व्यवस्था खारेज गरिएको सूचना प्रकासित गरेपछि ईन्जिनियरिङ्ग संकायका विद्यार्थी आन्दोलित भएका हुन।

विद्यार्थीहरु मौका परीक्षा दिन पाउनुपर्ने, नियमित कक्षा सञ्चालन गर्नुपर्नेलगायतका मागसहितको ज्ञापनपत्र बुझाउन गएका हुन।

ज्ञापनपत्र बुझ्न नमानेपछि गेटमै धर्नामा बसेका विद्यार्थीहरु हटाउन प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास हानेको थियो।

कोरोना महामारीको बहाना बनाउँदै विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले रिटेक परीक्षाको व्यवस्था खारेज हुँदा ईन्जिनियरिङ्ग संकायका करिब चार सय विद्यार्थी प्रत्यक्ष प्रभावित हुने भएकाले आन्दोलित हुनु परेको  विधार्थीहरुले बताएका छन।

 

 

Share.

About Author

Comments are closed.