सुर्खेती जनताको रगत र पसिनाबाट स्थापना भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय जन्मदै विवादको चपेटमा पर्यो।
विश्वविधालयको विकास र उन्नतीको जति योगदानका कुरा गरेपनी त्यो केवल नारामा मात्र सिमित भएका छन।
जुन उत्साह र लगाबका साथ यहाँका वासिन्दा बिश्व बिद्यालय स्थापनामा योगदान दिए त्यस अनुसार अहिले यसप्रति उनीहरुले अपनत्व महसु गर्न नसकेको गुनासो गरेका छन नि।
यसै सन्र्दभमा रहेर हाम्रा साथी मधुवन बिसीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहसँग सम्रग विश्वविधालयको विकास र आगामी दिनका योजना र चुनौतीका विषमा कुराकानी गर्नुभएको छ ।
तपाईले कार्यभार सम्हालेको आठ महिना जति पुग्न लाग्यो यो अधिमा मैले यो काम गजब गरे भन्ने के लाग्छ ।
सबैभन्दा पहिलो कुरो त कोभिड विरुद्धको लडाई लड्दा नेपालका सबै विश्व विद्यालयहरुको पठपाठन ठप्प थियो । त्यसमा हामीले बैकल्पिक माध्यमबाट अनलाईन कक्षा संचचालन गर्न सक्यौँ । ९० प्रतिशत शिक्षकलाई तालिम दिन सक्नु, ८० प्रतिशत विद्यार्थीहरुलाई अनलाईन कक्षामा ल्यान सक्नु, त्यसपछि उनिहरुको कोर्ष सकेर मिट ट्रम परिक्षा सक्नु । अहिले पहिलो र दोश्रो चरणको परिक्षा सकेर नयाँ कक्षा संचालन गरिएको छ । अहिले ६३ वटा परिक्षाहरु यो बिचमा भएका छन । यो ठुलो उपलब्धी हो । दोश्रो भनेको कोभिड विरुद्धको लडाईमा हामीले छुट्टै वेभसाइड बनायौँ । अहिले त्यसले के देखायो भने संसारका ४४ वटा देशका २०० विश्वविद्यालयमा हाम्रो विश्वविद्यालय एक नम्बरमा परेको छ । तेश्रोमा एमयु एक्सोपोर्ट प्यानल २०२० बन्यो अन्तराष्ट्रिय स्तरमा त्यसको हेडक्वाटर हाम्रो विश्वविद्यालयमा बन्यो । त्योभन्दा महत्वपूर्ण कुरा केहो भने मध्यपश्चिमाञ्चल विश्वविद्यालयको अस्तव्यस्तता थियो नी त्यसको समाधान भएको छ ।
म एउटा मध्यम परिवारमा जन्मिएको हुँ, गाउँले परिवेशमा मेरो जीवन वित्यो भन्नु भएको तर यही गाँउका मान्छेले अध्ययन गर्ने विश्वविधालयका विधार्थीले कहिले सम्म महंगो शुल्कमा पढ्नु पर्ने हो ?
तपाईँले नेपालका अन्य प्राइभेट विश्वविद्यालयको तुलनामा हाम्रो महंगो छ की छैन ? भन्ने कुरा आउछ । तर कर्णालीमा हकमा हेर्दा यहाँ पिछडीएको छ, गरिब छन जनता । गरिब जनताका छोराछोरी सस्तोमा पढ्न सकुन भनेर अपेक्षा गर्नु स्वभाविक हो ।
तपाईले खालको कुरा गनुपर्यो एकातिर क्वालिटीको कुरामा ध्यान दिनुपर्यो । कुन कारणले यो फिक्स भएको हो भन्ने थाहा पाउनुपर्यो । र अर्को महत्वपूर्ण कुरा केहो भने प्रदेश सरकारले अहिले पाँच लाख रुपैयाँ दिने सम्झौता गरेको छ नी । ट्यालेन्ट र जेहेन्दारले त पढ्न पाउछ नी होइन र ?
जस्तो तपाइकै मप विश्वविधालयको मास्टर प्रथम बर्षमा पत्रकारीता तथा आमसंञ्चार विषयको मासिक शुल्क पाँच हजार छ, यो त अरु निजी कलेज भन्दा पनि महंगो भएन र ?
म भ्रखर आएको छु । मैले अध्यन नगरि भन्न मिल्दैन । प्राइभेटभन्दा बढी विश्वविद्यालयले लिन्छ भन्ने कुरामा म कन्भिन्स हुन्न । सरकारी भन्दा सस्तो प्राइभेट हुने हो भने किन सरकारी पढ्ने प्राइभेटमा गए भइगो नी । प्राइभेट यसै पनि महंगो नै हुन्छ । तर काँहानीर हो भने प्राइभेटभन्दा सस्तो र त्यो भन्दा बेटर कतीले गर्दा हुन्छ, त्यसको निर्धारण गरेर त्यसको लागि हामीले विशेष प्याकेज ल्याउदैछौ । हेटेलमा गएर पाँच हजार दुई रातमा सकिन्छ । अनि एक महिनामा पाँच हजार तिर्दा महंगो हुन्छ र ?
अहिले पनि त १० प्रतिशत स्कलरसिपको व्यवस्था किन गरिएको ? गरिब र जेहेन्दार विद्यार्थीहरुले पढुन भनेर हो ।
तपाईँको बजार भाऊ अनुसार छकी छैन त्यो बुझेर त्यसको निर्णय हुन्छ । पाँच हजार महंगो भयो भन्ने मलाई लाग्दैन । किनकी एउटै गाउँको इन्जिनियर पढ्नेले ४३ हजार तिर्न सक्ने अनि अरु विषय पढ्नेले पाँच हजार तिर्न सक्दैन भन्ने हुन्छ ? त्यो म मान्दिन ।
अव यहाँले बेलाबेला विश्वविधालयमा अध्यापन गराउने हेल्मेट शिक्षक’ माथि कडाइ गर्छु भन्नु हुन्छ तर पनि यहाँका शिक्षकहरुले अरु निजी क्यामसमा पनि पढाइ रहेका सुनिन्छ नी।
तपाईँले भनेको कुरालाई अहिले हामी के गर्छौ भने पहिलो धाराणा के हो भने शुरुमै कारवाही गर्ने पक्रियामा जानुहुन्न । सबैभन्दा ठुलो पढे लेखेका मानिसहरुलाई सम्झाउने हो । मैले मेरो टिम बनाउँदै छु । र टिम वर्कमा काम गरेर त्यस्तो गर्ने शिक्षकलाई तपाई लेखेर राख्नुहोस म कारबाही शुरु गर्छु ।मध्यपश्चिमाञ्चल विश्वविद्यालयको तलव खाने तर बाहिर निजी क्यापसहरूमा पढाउने खालका गलत काम गरी विश्वविद्यालयलाई ध्वस्त पार्ने काम गरिरहेका छन् । त्यो प्रवृत्तिलाई पनि अन्त्य गर्ने काममा म लागेको छु ।
जन्मदै विवादको चपेटमा परेको विश्वविधालयमा,तपाईले अव विश्वविधालयमा राजनिति गर्न दिन्न भन्नु भयो तर त्यो व्यवहारमा भने कार्यान्यवन भएनी ।
मलाई के लाग्छ भने दिमागमा राजनितिक प्रश्न गर्नेहरुलाई मेरो भन्नु केही छैन । तर इमान्दारपूर्वक कुरा गर्नपर्छ । दश बर्ष सिद्यियो नी विश्वविद्यालय अहिले त ट्रयाकमा त आएको छ नी । बिचारमा मान्नुहुन्छ पोख्नुहोस धर्म हुन सक्छ मान्नुहोस । तर विश्वविद्यालयमा आएर राजनिति गर्ने होइन । यो त प्रोफेसनल दिने ठाउँ हो । अर्को विश्वविद्यालयमा राजनीतिक भागवण्डा, विश्वविद्यालयमा राजनीतिक पार्टीको संगठनमा पदाधिकारी भएको नाताले अयोग्य भएपनि जिम्मेवारी दिनु पर्ने जस्तो रोगलाई निर्मुल पार्नु पर्दछ । मैले जहिले भन्ने गरेको छु विश्व विधालयमा राजनिति गर्ने थलो बनाउन दिन।
तपाईका पालमा पनि आफू खुशी शिक्षक तथा कर्मचारी कर्मचारी नियुक्ति गरिएको भन्ने छ नी ।
मैले कतीजना गरे नाम भन्नुहोस मलाई । तर एउटा कुरा भोली पाँच वटा प्रध्यापकलाई ३१ वटा लिष्ट लिएर आएको छु । तपाईले प्रश्न गरेर रोक्छु र मैले । मेडिलकलमा लिनुपर्दैन । हिजो राजनितिक हिसाबले भाग बाडेजस्तो भएको देखेर भन्नुभएको होला । त्यो हुदैन अब । म के गर्छु थाहा छ । राम्रो र एक्सिलेण्ट विद्यार्थीहरुलाई नियुक्ती गरिन्छ । राजनितिक आधारमा नियुक्ती दिन गए अब ।
नमूना विश्वविद्यालय र आमूल शैक्षिक परिवर्तन भएको विश्वविधलयको रुपमा हामीले एमयुलाई कहिले सम्ममा पाउछौ ।
अबको साढे २ बर्षमा देख्नुहुन्छ । मेरो कार्यकाल चार बर्षे हो । अहिले पनि परिवर्तन भएको देख्नुभएको छ होला नी । यहाँ भएको भ्रष्टाचार कती रोकिएको छ । यहाँ भएको अस्तव्यस्त स्थितिमा कती सुधार आउछ देख्नुहुन्छ । अहिले सबै हेरेर जानुहोस ४ महिनापछि हेर्न आउनुहोस कती परिवर्तन भएको हुन्छ । तपाईँकै कक्षामा पढाउने केही शिक्षकहरुको अविगत पनि देखेको छु । यी सबै समस्या अब समाधान हुँदै जान्छ । मेरो जीवन खुल्ला किताव जस्तै छ । मैले अपराध गर्दैन । म जे गर्छु त्यहि भन्छु, जे भन्छु त्यहि गर्छु । मैले जति गर्न सक्छु त्यति मात्र भन्छु नभए मानिसहरूको तपाईँप्रति विश्वसनियता हुँदैन । जनताहरू त जहिले पनि विश्वविद्यालय बनोस् भन्ने चाहने रहेछन् तर त्यहाँको नेतृत्व खराब भइदियो भने जनताहरू निराश हुने रहेछन् । म जनताको यस किसिमको निराशालाई सकारात्मक शक्तिमा रूपान्तरण गर्छु ।
मुख्य गरी इन्जिनिरिङ संकायमा अनुमति नै नलिएको बिषय पढाएर बिध्यार्थीको भविष्यमाथि खेलवाड गरेको गुनासो छ नि ।
साढे चार बर्षसम्म त प्रष्ट हुनुभयो होला नी । साढे चार बर्ष सम्म अनुमती नलिएर हाइड्रोपावर चलाउने । विद्यार्थीहरुलाई गुर्माहमा राखेर लाखौ रुपैया लिएर गरिब जनताका छोराछोरीलाई तनावमा राख्ने । भाका राख्ने ल्याउछौ ल्याउछौ भनेर भाका सार्ने गरिएको थियो नी । अहिले म आएर विद्यालर्थीहरुको पिडा सुनेर यो कुरा मैले प्रधानमन्त्री र विभिन्न मन्त्रालयमा कुरा गरेर क्याविनेटमा पुगेको छ ।
त्यसो भए अब यो संकायका बिध्यार्थीहरुले ढुक्कसंग पढेहुन्छ त ।
विद्यार्थीहरु ढुक्क भएर पढ्नुहोस्, म अविभावक हुँ । हिजो कसले गलत त्यसको भागिदार हुनुपर्छ राज्यले कारबाही गरोस । विद्यार्थीहरुको रक्षा मैले गर्छु ।
जुन उत्साह र लगाबका साथ यहाका वासिन्दा बिश्व बिद्यालय स्थापनामा योगदान दिए त्यस अनुसार अहिले यसप्रति उनीहरुले अपनत्व महसु गर्न नसकेको गुनासो गरेका छन नि
यो तपाईँले भनेको कुरा गम्भिर छ । तपाईँ हामीले पैसा धेरै भएर दिएको होइन । कर्णालीका जनताको पसिनाबाट बनेको यो विश्वविद्यालयमा हिजोका रजिष्टार र उपकुलपतीले गरेका गलत कार्यविरुद्ध र विकृतिविरुद्ध म लाग्छु । विश्वविद्यालयको सुधारमा आमुल परिवर्तन हुन्छ । अहिलेको नेतृत्वले धेरै राम्रो काम गर्छ ढुक्क हुनुहोस ।
विश्वविद्यालयको सुधारमा इच्छाशक्ती भयो भने हुन्छ । शिक्षक र विद्यार्थीहरु र सबै भोली विदेशबाट पनि आउनेगरी भौतिक, कोर्ष स्टडी सुधार गर्नु छ । र विश्वविद्यालयमा क्वालिफाइट शिक्षकको आवश्यकता पनि रहन्छ । त्यसैले म जनताको यस किसिमको निराशालाई सकारात्मक शक्तिमा रूपान्तरण गर्छु । आम जनताको अपनत्व हुने विश्वविद्यालय बनाउँछु । विश्व विधालयलाइ भ्रस्टाचार मुक्त विश्वविधालयको रुपमा स्थापित गराउ छु ।
कोरोना कहरकै बीचमा विश्वविद्यालयले के–कस्ता कामहरू गरिरहेको छ ?
महत्वपूर्ण काम भनेको शैक्षिक क्षेत्रमा मैले एकिकृत भिजन मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई काँहा पुर्याउने भन्ने तयारी गरियो । त्यसका पाँचवटा एरिया तयारी गरिएको छ । एकडिमी, आर्थिक वृद्धी कसरी गर्ने, नयाँ कोर्ष नबनाएर अन्तराष्ट्रिय बजारमा विद्यार्थीहरुलाई विक्रि गर्न सकिन्न भनेर त्यसको शुरुवात गर्दै छु । त्यो भन्दा महत्वपूर्ण उपलब्धी भनेको २ सय ६३ करोडको स्मार्ट स्मार्ट इन्फस्टकचर डेब्लपमेन्ट गरे यी अहिलेका बेसिक उपलब्धी हुन । त्यो भन्दा अझै महत्वपूर्ण भनेको म आइसकेपछि मैले पाँचवटा कार्यक्रम ल्याएको छु । कर्णालीका परिवेशलाई समेटेर पनि पाठ्यक्रम तयार गरिँदै छ ।