एमसीसी र नेपाली राष्ट्रिय टोलीबीचको खेल आज ।

0

कार्तिक १८ सुर्खेत,नेपाल भ्रमणमा रहेको विश्व क्रिकेटको पुरानो मेरिलेबोन क्रिकेट क्लब एमसीसीले आज दोस्रो खेल खेल्दैछ।

एमसीसीले नेपाल भ्रमणको दोस्रो एक दिवसीय खेलमा नेपालको राष्ट्रिय क्रिकेट टिमविरुद्व खेल्न लागेको हो।

नेपाली टिम नयाँ कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा पहिलो मैदान उत्रदैछ।

ज्ञानेन्द्र स्थायी कप्तानको रुपमा नियुक्त भएपछि पहिलो पटक नेपाली टिमको नेतृत्व गर्न लाग्नुभएको हो।

राष्ट्रिय टिमले एमसीसीसंग ५० ओभरको खेल खेल्नेछ।

खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा एमसीसीले नेपालको १९ वर्षमुनिको टिमलाई ३८ रनले हराएको थियो।

लगत्तै एमसीसीले नेपालसंग टी–ट्वान्टी र फस्ट क्लास क्रिकेट खेल्नेछ ।

नेपाली क्रिकेटको बिकासका लागि तयार गरिएको लिगेसी टूर अन्तर्गत एमसीसी टिम नेपाल आएको हो ।

 

 

 

Share.

About Author

Leave A Reply