एमाले र माओवादी मन्त्रालय बाँडफाँड गरे।

0

फागुन–११।मन्त्रीपरिषद बिस्तारमा ढिलार्इमा भर्इरहेका बेला सत्ताधारी नेकपा एमाले र माओवादी केन्द्रले मन्त्रालय भागवण्डा मिलेको बताएका छन।प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगो लागेको हो।एमालेले अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासन लगायतका १० मन्त्रालय राखेको छ भने माओवादीले गृह र उर्जासहित ७ मन्त्रालय पाएको छ।माओवादीले भौतिक पूर्वाधार र पर्यटन मागेपनि दुबै मन्त्रालय एमाले राखेको छ।मन्त्रालय भागवण्डा टुंगिएसँगै एमाले र माओवादी नेताहरु मन्त्री छनोटको गृहकार्यमा जुटेका छन्।एमालेले भोलि विहान ९ बजे स्थायी कमिटीको बैठक बालुवाटारमा बोलाएको छ भने माओवादी नेताहरु पनि आन्तरिक छलफलमा छलफलमा जुटेका छन्।दुई दलबीच प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय राख्ने सहमति यसअघि भएको छ।

Share.

About Author

Leave A Reply