एसियाली खेलकुदको तयारीमा रहेको नेपाली फुटबल टोली थाईल्याण्डसँग मैत्रिपूर्ण खेलमा चार शून्यले पराजित।

0

साउन २६ ।इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारीमा रहेको नेपाली फुटबल टोली थाईल्याण्डसँगको  मैत्रिपूर्ण खेलमा चार शून्यले पराजित भएको छ।एसियाडको तयारीकालागि थाईल्याण्डमा १० दिने विशेष प्रशिक्षणमा रहेको  नेपाली  २३  वर्ष मुनिको टोलीले थाईल्याण्डको २३  वर्ष मुनिकै टोलीसंग मैत्रीपूर्ण खेल खेलेको हो।यसअघि गत मंगलबार भएको पहिलो अभ्यास खेलमा पनि नेपाल स्थानीय पुलिस टेरो क्लवसँग १–शून्यले पराजित भएको थियो।एसियाडमा ओलम्पिकको नियमअनुसार तीनजना सिनियर खेलाडी राख्न सकिने भएकाले नेपाली टोलीमा किरण चेम्जोङ, रोहित चन्द र विशाल राईलाई समावेश गरिएको छ।१८ औं एसियाली खेलकुद भदौ २ गतेदेखि इन्डोनेसियामा सुरु हुने भएपनि फुटबलका खेलहरु भने एसियाडको औपचारिक उद्घाटन हुनुभन्दा ४ दिन अघि साउन २९ गते नैं सुरु हुनेछन्।

Share.

About Author

Leave A Reply