एसिया कप छनोट क्रिकेटमा नेपालकाे दाेस्राे जित।

0

भदौ १८ ।एसिया कप छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ।हिजो भएको खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराउँदै फार्इनल खेल्ने संभावना कामयै राखेको छ।सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा ओपनर अनिलकुमार साहले ३२ बलमा ५ चौका र २ छक्का ४३ रनको योगदान दिनुभयो।यसैगरी दीपेन्द्रसिंह ऐरीले ३३  उपकप्तान ज्ञानेन्द्र मल्लले २९ रन तथा सुवास खकुरेल र सागर पुनले समान १४ रन जोड्दा कप्तान पारस खड्काले ११ रन बनाउनु भयो। टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुर ४२ ओभरमा सबै विकेट गुमाएर एक सय ५१ रनमा समेटिएको हो ।निकै खराब सुरुवात गरेको सिंगापुरले १८ रन जोड्दा ३ विकेट गुमाएपनि चेतन रामचन्द्र सूर्यवंशीले ६० रन बनाउनु भयो।उहाँले सूर्यवंशीले चौथो विकेटकालागि अनिश परमसँग ८० रनको साझेदारी गर्दै पारी सम्हाल्नु भएको हो । अनिश ३१ रनमा आउट हुनुभयो।नेपालकालागि सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान ३-३  तथा  सोमपाल कामीले २ विकेट हात पार्नुभयो।

Share.

About Author

Leave A Reply