एसिया कप छनोट खेलकालागि १९ सदस्यीय प्रारम्भिक टोलीकाे घोषणा ।

0

साउन २५।नेपालले एसिया कप छनोट खेलकालागि १९ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।टोलीको साउन २९ गतेदेखि बन्द प्रशिक्षण हुँने र अन्तिम सदस्यहरुको नाम छनोट गरिने छ।औंलामा चोट लागेका कारण नेपाली टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकर १९ सदस्यीय प्रारम्भिक टोलीमा पर्नुभएको छैन।नेदरल्याण्ड्ससँगको ऐतिहासिक एकदिवसीय खेलका क्रममा औंलामा चोट लागेका कारण शरद प्रारम्भिक टोलीमा नपर्नु भएको हो ।प्रतियोगिताको तयारीकैलागि भैदौको पहिलो हप्ता नेपालले श्रीलंका भ्रमण गर्नेछ ।भदौं ११ गतेदेखि मलेसियामा हुने छनोट खेलमा नेपालसँगै हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया छन् ।छनोट प्रतियोगितामा नेपालले पहिलो खेल भदौ १३ गते ओमानसँग खेल्नेछ। यस्तै भदौ १४ गते युएईसँग, १६ गते मलेसियासँग,१७ गते सिंगापुरसँग र १९ गते हङकङसँग खेल्ने तालिका छ।राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिकालागि प्रतिस्पर्धा गर्ने र उपाधि विजेताले एशिया कपको समूह ‘ए’ मा भारत र पाकिस्तानसँग खेल्नेछ।एसियाका टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै छनोट प्रक्रियाबाट गएको एक देशले एसिया कप क्रिकेट खेल्नेछ।

Share.

About Author

Leave A Reply