एसिया छनोटमा नेपालले घरेलु टोली म्यानमारसंग अंक बाँड्यो ।

0

कात्तिक २६।ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबलको एसिया छनोटमा नेपालले बलियो  प्रतिद्धन्दी आयोजक म्यानमारसँग पनि अंक बाँडेको छ।थुवुन्ना रंगशालामा भएको खेलमा दोस्रो मिनेट साबित्रा भन्डारीले पेनाल्टी सदुपयोग गर्दै नेपाललार्इ अग्रता दिलाउनु भयो।१३ औं मिनेटमा म्यानमारले कर्नर मार्फत गोल गर्दै खेल बराबरीमा ल्यायो।त्यसपछि दुवै टोलीले गोल गर्ने नसकेपछि अंक बाँडेका हुन।समूह ’सी’ मा रहेको नेपालले समूहको आफ्नो अन्तिम खेलमा आगामी २७ गते बंगलादेशसँग खेल्नेछ।दुर्इ खेलबाट दुर्इ अंक जोडेको नेपालले कमजोर मानिएको बंगलादेशलार्इ हराउन सके दोस्रो चरणको छनोटमा ठाउँ पक्का गर्नेछ।नेपालले आफ्नो पहिलो खेलमा भारतसंग एकएकको बराबरी खेल्दै अंक बाँडेको छ भने बंगलादेशलाई ५–शून्यको भारी अन्तरले पराजित गर्दै शानदार जित निकालेको छ।ओलम्पिककालागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन्।समूह ’ए’ र ’बी’ मा पाँच÷पाँच  तथा  समूह ’सी’ र ’डी’ मा चार÷चार टोली छन्।प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन् भने  तेस्रो हुने समेत दोस्रो चरण पुग्नेछ।

Share.

About Author

Leave A Reply