ए डिभिजन लिग फुटबलमा आठौं चरणका खेलहरु शुरु ।

0

माघ -८ ।सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखी आठौं चरणका खेलहरु शुरु हुदै छन।

पहिलो खेलमा लिगको दाबेदार मछिन्द्र र पुलिस आमने सामने हुदैछन।

मछिन्द्रको ७ खेलबाट १३ अंक रहेको छ।

गत सिजन लिगमा गरेको खराब प्रदर्शनका कारण एक अंक ऋण बोकेर मछिन्द्रले लिगको सुरुवात गरेको थियो।

४ जित २ बराबर र १ हारको नतिजा सहित तेस्रो स्थानमा छ।

लिगमा ७ खेल खेलेको पुलिसको ११ अंक रहेको छ भने पुलिस ३ जित, २ बराबरी र २ हारको नतिजा सहित तालिकाको छैटौ स्थानमा छ।

Share.

About Author

Leave A Reply