औषधिलार्इ व्यवस्थित गरेर गुणस्तरीय सेवादिन सुझाँब ।

0

वैशाख–२१सुर्खेत।लागु तथा मनोद्धिप औषधिहरुको बिक्री रेकर्ड व्यवस्थापन र मेडिकल जन्य जोखिम तथा फोहर व्यवस्थापन अन्तरकृया सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ।कार्यक्रमको उद्घाटन गर्दै बीरेन्द्रनगर नगरपालीकाका उपप्रमुख मोहनमाया ढकालले औषधिलार्इ व्यवस्थित गरेर गुणस्तरीय सेवादिन सुझाँब दिनुभएको छ।उहाँले पछिल्लो समय औषधि व्यवसायिहरुले बिक्री गर्ने नाममा मनपरि ढङगले औषधि विक्रि बितरण गर्ने गरेको पार्इएको भन्दै यस्तो कार्य नगर्न औषधि व्यवसायि महासंघको ध्यान आकर्षण गराउनुभयो।उहाँले अहिले लागु पर्दाथ जन्य विभिन्न औषधिहरु बिक्रि हुने गरेको भन्दै त्यस्तो क्रियाकलाप रोक्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो।कार्यभावाहक प्रमुखको समेत जिम्मेवारी सम्माहाल्नु भएका ढकालले औषधि व्यवसायि, व्यवसाय मात्र नभको भन्दै यो व्यवसाय सेवाकालागी पनि गर्नुपर्ने सुझाब दिनुभयो।कार्यक्रममा नेपाल औषधि व्यवसायि विभाग नेपालगंजका प्रमुख निलु श्रेष्ठले स्वास्थ्य क्षेत्र मानिसको प्रत्यक्ष जिवन संग जोडिएको क्षेत्रभएको भन्दै गुणस्तरिय सेवा प्रदान गर्न सुझाँब दिनुभयो।उहाँले पछिल्लो समय लागु औषधीको कारोबार बढेकोमा चिन्ता व्यक्तगर्दै यसलार्इ नियन्त्रण गर्न सबैएकजुट भएर लाग्नुपर्नेमा जोडदिनुभयो।कार्यक्रममा वीरेन्द्रनगर नगरपालीका वडा नम्बर ६ का वडाअध्यक्ष मोति कँडेलले औषधि व्यवसायिहरुले जथाभावि रुपमा औषधि सहितको सुर्इहरु बाटोमा फाल्ने गरेकाले आफुहरुलार्इ संकलनमा अफ्ठ्यारो हुने गरेको बताउनुभयो।कार्यक्रममा सुर्खेत स्थित विभिन्न औषधि व्यवसायसंग सम्बन्धित व्यक्तिहरुको सहभागीता रहेको थियो।कार्यक्रम औषधि व्यवसाय माहासंघ सुर्खेतका अध्यक्ष प्रेम भन्डारीको अध्यक्षतामा सम्पन्न भएको हो।

Share.

About Author

Leave A Reply