कटकुवा र सानो ब्यूरेनी नजिक मरेका गार्इ भेटिए।

0

भदौ -१४ सुर्खेत ।सुर्खेत बीरेन्द्रनगर सात कटकुवा र ११ को सानो ब्यूरेनी नजिक पनि मरेका गार्इ भेटिएपछि यो घटनाको तत्काल छानबिन गर्न स्थानियले माग गरेका छन ।बाँकेको नेपालगन्जबाट दैलेखको श्रीस्थान लैजान भन्दै विभिन्न ट्रकमा ल्यार्इएका करिब दुर्इ दर्जन गार्इ मरेको भेटिएपछि यसको सर्वत्र आलोचना भएको छ ।नेपालगञ्जबाट ल्याइएका झन्डै तिनसय गाईमध्ये वीरेन्द्रनगरको कटकुवा जंगल र सानो ब्यूरेनीमा गरी  दुर्इ दर्जन गार्इ मरेका छन भने कैयौं गार्इ घार्इते छन ।बीरेन्द्रनगर नगरपालीकाले कुटकुवा मरेका गार्इलार्इ जंगलमै खाडल खनेर गाडिएको जनाएको छ ।मृतक गार्इको वीरेन्द्रनगर नगरपालिकाका पशु चिकित्सक नारायण न्यौपानेसहितका चिकिसकहरु टोलीले पोस्टमार्टम गर्नुभएको छ।गाई कसरी मरेका हुन् भन्नेबारे पशु चिकित्सकले अनुसन्धान सुरू गरेका छन भने घार्इते गार्इको उपचार थालिएको  छ।यस्तै गौहत्या घटनामा संलग्र रहेको आरोपमा प्रहरीले चालकसहित ५ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।छाडाचौपाया नियन्त्रण गर्ने भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखको शीरस्थान लैजाने क्रममा गएराति बीच बाटोमै गाई फालेर फर्किएका ट्रक नियन्त्रणमा लिइएको हो।नेपालगन्ज उपमहानगरपालिकाको कान्जीहाउसमा रहेका गाई दैलेख लैजाने क्रममा बीच बाटोमै ट्रकबाट खसालिएको प्रदेश प्रहरीले कर्णालीले जनाएको छ।प्रदेश प्रहरी प्रमुख डीआइजी पूर्णचन्द्र जोशीले अनुसन्धान भइरहेको बताउनुभयो।स्थानीयले सामूहिक गौहत्या गरिएको आरोप लगाउँदै घटनाको छानबिन गरी दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन। नेपागन्ज उपमहानगर पालिकाको पशु चौपाय व्यवस्थापन शाखाको ५५२ नम्बरको चलानी पत्रका आधारमा जिल्ला प्रशासन कार्यालय बाँकेले गार्इ ट्रकमा हालेको पार्इएको छ।

Share.

About Author

Leave A Reply