कपडा व्यवसायीको आन्दोलनका फिर्ता।

0

सुर्खेत, ११ मंसिर।५ बुँदे सहमतिपछि बीरेन्द्रनगरका कपडा व्यवसायीको आन्दोलन फिर्ता भएको छ।जिल्ला प्रशासन कार्यालयमा सरोकारवालहरुबिच भएको वार्तामा ५ बुँदे सहमतिपछि व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका हुन।बैठकले वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रभित्र मेला तथा महोत्सव गर्नेबारे आवश्यक कानुन तथा कार्यविधी निर्माण गरी र्यविधी अनुसार मेला संचालन गर्ने निर्णय गरेको छ।यसैगरी सुर्खेत चेम्बर अफ कमर्सले मंसीर १९ गतेदेखि गर्ने तयारी गरेको कर्णाली महोत्सव २०७५ एक महिनाकालागि स्थगित गर्ने, खुला मंचमा गरिएको टिनको छेकबार नगर विकास समिति र नगरपालिका कार्यालयको समन्वयमा हटाउने भएको छ।जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रमुख जिल्ला अधिकारीका साथै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, सुर्खेत उद्योग वाणिज्य संघ र च्याम्बर अफ कमर्स सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी बिच भएको बैठकमा यस्तो सहमति भएको हो।कपडा व्यवसायीले आफु खुसी हुने महोत्सवले आफूहरुको व्यवसाय नै चौपट हुन थालेको र आफूहरुको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आज बीरेन्द्रनगर बजार बन्द गर्नुका साथै बिरोध र्याली समेत निकालेका थिए।

 

 

Share.

About Author

Leave A Reply