कर,करले नभइ रहरले तिर्ने वातावरण बनाउनुपर्ने सरोकारवालको जोड।

0

मंसिर ५ सुर्खेत, कर करले नभइन, रहरले तिर्ने बातावरण बनाउन एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन।

करसप्ताह चलिरहेको बेला सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रियाका सहभागीले कर करले नभर्इ रहरले तिर्ने वातावरण बनाउनुपर्ने बताएका छन।

सरकार र नीजि क्षेत्रको हातेमालोबाट कर प्रणालीलाई व्यवस्थित गर्न सकिने मात्र करको सदुपयोग हुने उनिहरुले बताएका छन।

कार्यक्रममा सहभागी विष्णुप्रसाद बासकोटाले कर तिर्दा आफुहरुलार्इ अतिरिक्त व्ययभार नपर्ने गरी कर व्यवस्था गर्न माग गर्नुभयो।

सहभागीहरुले संघीय र प्रदेश र स्थानिय सरकारबीच करसम्बन्धी विवाद हुदाँ आफुहरु मर्कामा परेको भन्दै आफूले तिरेको करको सही सदुपयोग हुनुपर्ने बताएका छन।

यस्तै अर्का सहभागी गोकर्ण पौडेलले अझै पनि कतिपय कारोबारमा दोहोरो ढंगले कर लाग्ने भएकाले यसलार्इ यथाशीघ्र खारेज गर्नुपर्ने औल्याउनुभयो।

कार्यक्रममा आन्त्तरिक राजस्व कार्यलय सुर्खेतका प्रमुख भुमिराम शर्मा कर प्रणालीलाई प्रभावकारी,  नीतिगत,  व्यवहारिक र वैज्ञानिकीकरण गर्ने पनि बताउनुभयो।

उहाँले करलार्इ समयमा बुझाउन सबैमा आग्रह गर्दै करसम्बन्धी जनचेतना जगाउनुपर्नेमा जोडदिनुभयो।

उहाँले कर सप्ताहको अन्तिम दिन कर्णालीका ८ जिल्लाका उत्कृष्टकर दातालार्इ सम्मान गरिने बताउनुभयो।

प्रमुख शर्माले आफूले तिरेको रकमको सही सदुपयोग हुन्छ यसले राष्ट्र निर्माणमा महत्व पूर्ण भूमिका खेल्छ भने सकारात्मक सोचको विस्तार गर्नुपर्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा उधोग वाणिज्य संघका कर्णालीका अध्यक्ष पदमबहादुर शाही,सुर्खेत उधोग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती लगायत विभिन्न सहकारीका प्रतिनिधि र व्यापारीहरुको सहभागीता रहेको छ।

 

 

 

Share.

About Author

Leave A Reply