करिब २० हजार बालबालिका अझै बिद्यालय बाहिर रहेको सरकारी तथ्याँक।

0

मंसीर५सुर्खेत।संविधान र कानूनले बाल अधिकारको प्रत्याभूत गरे पनि कर्णालीका २० हजार बालबालीका अझै पनि विधालय बाहिर रहेको पाईएको छ ।कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कर्णालीका ६ प्रतिशत अर्थात २० हजार विधालय जाने उमेरका बालबालीका अझै पनि विधालयको पहुचबाट बाहिर रहेका जनाएको छ ।मन्त्रालयको सामाजिक सुरक्षा तथा महिला विकास शाखाका महिला विकास अधिकृत अनिता ज्ञवालीले हरेक वर्ष भर्ना अभियान चल्दा पनि कर्णालीका बालबालीका विधालयसम्म पुग्न नसक्नु दुखद भएको बताउनुभयो ।यस्तै सुर्खेतमा रहेका सडक बालबालीकाहरुको व्यवस्थापन र पुर्नस्थापनाकालागि सामाजिक विकास मन्त्रालयले निति बनाएर अघि बढेको महिला विकास अधिकृत ज्ञवालीको भनाई छ।कर्णालीका १० जिल्ला मध्य सडक बालबालीकाको समस्या रहेको सुर्खेतमा मात्र ४० देखि ५० जना सडक बालबालीका रहेका  कार्याल्यको तथ्याँक छ ।अधिकृत ज्ञवालीले सडक बालबालीकाको व्यस्थापनकालागि उनीहरुको तथ्यांक संकलन गर्ने काम भईरहेको जानकारी दिनुभएको छ ।यसैबिच दिवसको अवसर पारेर वीरेन्द्रनगर १ का २० जना बालबालीकालाई न्यानो कपडा वितरण गरिएको छ ।आर्थिक रुपले अति विपन्न र अभिभावक बिहिन २० बालबालीकाहरुलाई आईडिए नेपाल र सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा कपडा वितरण गरिएको हो । यस्तै दिवसकै अवसर पारेर आयोजना गरिएको जिल्ला स्तरीय वक्तित्वकला प्रतियोगीतामा त्रीपुरेश्वर माविका छात्रा बबिता शर्मा प्रथम हुनुभएको छ ।आजका बालबालीका भोलीका कर्णधार विषयक वक्तित्वकला प्रतियोगीतामा एसओएस विधालयका समिक्षा नेपाल द्धितिय र साउथ एसीयन स्कलर्स एकेडेमिका आयुथ पन्त तृतीय हुनभएको छ ।

Share.

About Author

Leave A Reply