कर्णालीकाे प्राङगारिक कृषि विधेयक पारित।

0

भदाै-२३ सुर्खेत। प्राङगारीक कृषि सम्बन्धी व्यवस्था गर्न बनेको बिधेयक पारित भएको छ।हिजो बसेको कर्णाली प्रदेश सभाको बैठकले विधेक पारित गरेको हो।बैठकमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले कर्णाली प्रदेश सभामा पेस गर्नुभएको थियो।प्राङगारीक कृषि सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारीत भएको छ।यसै बीच बैठकमा सांसदहरुले सुर्खेतको वीरेन्द्रनगरमा भएको गाइ गोरु मारीएको घटनाका बारेमा छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन।उनिहरुले सरकारले तत्काल छानबिन समिती गठन गरेर सत्य तथ्य पत्ता लगाइ दोषिलाइ कार्काहि गनुपर्ने माग राखेका हुन।प्रतिपक्ष दलका नेता जिवनबहादुर शाहीले गाइ गोरु मारिएको घटनाम कर्णाली सरकार गभ्भिर नभएको आरोप लगाउनुभयो।उहाँले सडक बाया तर्फ भएको तर गाइगोरु भने दायातिर भिबाट खसालएको भन्दै छानबिन गरि दोषिलार्इ कारवबाही गर्न सरकार संग माग गर्नुभयो।यस्तै साँसद ठम्मर बहादुर विष्टले गाइगोरु मरेको भेटिएको घटनामा सरकारले विधेयक बनाएर गाइको उपयोगिताका बारेमा जानबारी गराउनुपर्ने माग गर्नुभयो।यस्तैगरी सांसद विन्दमान विष्ट र पद्मा खट्काले सुर्खेतको वीरेनद्रनगरको उत्तरी जलाधार क्षेत्रमा गाइ गोरु मारेको भन्दै त्यसले ठुलो महामारी फैलन सक्ने तर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ।यस्तैगरी अर्का सांसद शुशिल थापाले संसदिय समिति बनाएर सुर्खेतमा गाइ मरेको घटनामा छानबिन गरी दोषिलाइ कडा कार्बाहि गर्नुपर्ने माग गर्नुभयो ।यस्तैगरी सांसद यज्ञबहादुर विसीले सुर्खेतको वीरेन्द्रनगरमा बाढिको क्षति कम गर्न फराकिलो निकास बनाउनु पर्ने ,बराहताल गाउपालीका ४ तरंगामा गाउमा वारपार गर्ने झोलुङगे पुल जिर्ण भएको भन्दै त्यसको सुधार गर्नतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो।सांसद सिता नेपालीले २०७१ सालका बाढी पिडीतको पुःन स्थापना नभएको र पालमुनि नै  जन्मिीएका छोराछोरी विद्यालय जाने उमेर भैसक्दा विद्यालय छैन भन्दै सरकार संग प्रश्न गर्नुभयो।अर्का सांसद गणेश बहादुर शाहीले जाजरकोटमा भदौ ११ गते पहिरोमा पुरीएका ३ जनाको परीवारलाइ उचित राहतको व्यवस्था गर्न माग गर्नुभयो ।यस्तैगरी कुशे पाटन क्षेत्रमा धेरै मात्रामा किसानका भेडा चट्याङ लागेर मरेका भन्दै राहतको माग गर्नुभएको छ।बैठकमा गोलाप शर्मा,देवी वली,कर्मराज शाही ,राजु नेपाली लगाएत भनाइ राख्नुभएको थियो।कर्णाली प्रदेश सभाको अर्को बैठक भोली गते  बस्ने छ।

Share.

About Author

Leave A Reply