कर्णालीकाे बजेट खर्च निरासाजनक।

0

फागुन २७ सुर्खेत-कर्णाली प्रदेशमा विकास निर्माणमा भएको ढिलाई प्रति कर्णालीका सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन।कर्णाली प्रदेश सभाको बैठकमा सांसदहरुले आर्थिक वर्ष सकिन ४ महिना मात्रै बाँकी रहँदा पनि विकास निर्माणमा भएको ढिलाई प्रति सरकारलाई सचेत समेत गराएका छन।साँसदहरुले कर्णाली सरकारको बजेट खर्च पनि नराशाजनक रहेको भन्दै सरकारको ध्याआकर्षण गराएका छन।बैठकको विशेष समयमा सांसद अम्मरबहादुर थापाले तेस्रो चौमासिक सुरु हुँदा पनि योजनाका सम्झौता सुरु नहुँनुले बजेट फ्रिज हुने स्पष्ट देखिएको बताउनुभयो। सांसद थापाले कर्मचारी अभावले विकास खर्च नभएको भनिए पनि भएका स्रोत परिचालनमा पनि सरकारले वेवास्ता गरेको गुनासो गर्नुभयो।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदिय दलका नेता जीवनबहादुर शाहीले टाढाका जिल्लामा अफ्ठ्यारा देखाएर सरकार पन्छिन खोजे पनि वीरेन्द्रनगरको विकासबाट सरकार पन्छिन नसक्ने बताउनुभयो।नेता शाहीले सुर्खेतको पश्चिम क्षेत्रमा वर्षो देखि गाडिएका विधुतका पोल, कच्ची सडक र टेलिफोनको टावर अस्तव्यस्त हुँदा त्यहाँका नागरिकमा विकासको आशा नै हराएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो।यस्तै नेकपाका सांसद धर्मराज रेग्मीले संसदमा मन्त्री सांसद बिच प्रश्नोत्तर व्यवस्था गर्न माग गर्नुभयो।सांसद रेग्मीले संविधानले गरेको व्यवस्थाअनुसार प्रदेश सरकारका मुख्मन्त्री तथा मन्त्री संग प्रदेशसभामा नै प्रत्यक्ष प्रश्न उत्तर गर्ने व्यवस्था गर्न माग गर्नुभएके हो। सांसद रेग्मीले स्थानीय तहका केन्द्रका विवाद सुल्झाउन संविधानलको धारा २३५ मा प्रदेशसभालाई जिम्मा दिएको भन्दै त्यस अनुसारको कानुन ल्याउन सरकारलाई रुलिङ्ग गर्न सभामुख समक्ष माग पनि गर्नुभयो।यस्तै सांसद बदमी बोहोराले डोल्पाको माथिल्लो भागमा हिमपातले किसानका चौरी मरेको विषयमा सरकारले राहत उपलब्ध गराउनुपर्ने माग गर्नुभयो। यसैबिच सांसदहरुले विप्लपको चन्दा आतंकबाट कर्णालीका जनप्रतिनिधी र उद्ध्योगी व्यवसायीमा त्रास बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन।यसैबिच आजको प्रदेश सभा बैठकमा सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेशमा खेलकुदको विकास गर्न बनेको बिद्येयक २०७५ लाई टेबुल गर्नुभएको छ।आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले संसदमा पेश गर्नुभएको कर्णाली प्रदेशमा सुशासन व्यवस्था गर्न बनेको विद्येयक २०७५ माथी सैद्धान्तीक छलफल भएको छ।

 

 

 

 

 

 

Share.

About Author

Leave A Reply