कर्णालीकाे राजधानी वीरेन्द्रनगरमा खानेपानी समस्या चुनौति बन्दै।

0

चैत-२० सुर्खेत।कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानीको समस्या कायमै रहेको छ।वीरेन्द्रनगरका १३ वटा वडामा खानेपानीको आपुर्ति गर्दै आएको सुर्खेत उपत्यका दैनिक १ करोड ५५ लाख लिटर खानेपानी आवश्यक रहेको जनाएको छ ।सुर्खेत उपत्यका खानेपानी संस्थाका संस्थाका अध्यक्ष कुलमणी देवकोटाले हिउँद र वर्षायाममा दैनिक २० लाख लिटर र खडेरीमा ६९ लाख लिटर पानी अपुग रहेको बताउनु भयो।संस्थाले झुप्रा खोलाको मुहान, खरीखोला बोरीखोला, ईत्राम खोला पुल, खोर्के खोला मुहान र बुलबुले मुहानबाट प्रतिसेकेन्ड १ सय ५२ लिटर पानी वितरण गर्दै आएको छ ।संस्थाको मुख्य स्रोतका रुपमा रहेको झुप्रा खोला मुहानबाट प्रतिसेकेन्ड ८६ लिटर आपुर्ति भईरहेको छ ।यस्तै संस्थाले हालसम्म १६ हजार ९ सय ७० धारा जडान गरिएको र २ हजार ६ सय २६ वडा धारा जडान गर्न बाँकि रहेको जनाएको छ ।यस्तै बृहत भेरी पम्पिङ्ग आयोजना निर्माण कार्य अगाडि बढाउन सम्बन्धीत निकाय समक्ष पहल गर्ने र संरचनाका लागि जग्गा प्राप्तीका लागि काम सुरु गर्ने, परामर्शदाता नियुक्त गरी सुर्खेत उपत्यकाको जल उपयोग गुरुयोजना तयार पार्ने संस्थाले आगामी योजना रहेको जनाएको छ ।

Share.

About Author

Leave A Reply