कर्णालीकाे विकास खर्च ८ महिनामा ८ प्रतिशत पनि भएन।

0

चैत ४ सुर्खेत, कर्णाली सरकारले दोस्रो चौमासिक सकिदा सम्म पनि विकास खर्च निकै कम गरेको छ।

चालु आर्थिक बर्षको आठ महिना वितिसक्दा पनि प्रदेश सरकारको विकास खर्च ८ प्रतिशत पनि पुगेको छैन।

महत्वाकांक्षी बजेट ल्याएको प्रदेश सरकारले पुजिगत खर्च गर्न नसेको भन्दै चौतर्फी आलोचना हुदै आएको छ।

बजेट अन्त्र खर्च गर्ने तर विकास निर्माणको काम प्राथमिकतामा नपर्ने गरेको साँसदहरुकै भनाई छ।

कर्णाली सरकारको असारे विकासले यस बर्ष पनि निरन्तरता पाउने सत्तापक्षकै साँसदहरुले बताउदै आएका छन।

चालु वर्ष सकिन अब चार महिना मात्र बाँकी छँदा विकास बजेट तर्फको खर्च निराशाजनक रहेको भन्दै संसदमा समेत आवाज उठिरहेको छ।

२१ अर्ब २९ करोड ३७ लाख ७२ हजार पुँजीगत विकास बजेट मध्ये अहिले सम्म १ अरव ६२ करोड मात्रै खर्च भएको छ।

कुल बजेटको अरव ७४ करोड ३४ लाख अर्थात ११ प्रतिशत मात्र बजेट खर्च गरेको जनाएको छ।

विकास खर्चमा सबै भन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयले ११ प्रतिशतको हाराहारीमा खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

प्रदेश सरकारले अवको बाँकी चार महिनामा पनि विकासतर्फको सबै बजेट कार्यान्वयन गर्नसक्ने अवस्था निकै कम देखिएको सांसदहरुकै भनार्इ छ।

यता आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वलाले विकास तर्फको बजेट खर्च गर्न नसकेको स्विकार गर्दै अव कामलाई तिब्रता दिने भयो।

उहाँले कर्मचारी अभाव, कानुनी अड्चन र संरचना अभावका कारण अपेक्षा अनुसार बजेट खर्च गर्न नसकिएको भन्दै सरचना व्यवस्थित गरिसकेको र प्राविधिक कर्मचारी भर्ना गरिसकेकाले विकास खर्च सोचे अनुरुप हुने दावी गर्नुभयो।

चालु आर्थिक बर्षका लागि कर्णाली सरकारले ३४ अर्ब ३५ करोड ३४ लाख बजेट विनियोजन गरेको छ।

Share.

About Author

Leave A Reply