कर्णालीका अार्थिकमन्त्री ज्वालाको राजीनामा माग ।

0

भदौ ३१-सुर्खेत।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै संसद अवरुद्ध पारेको छ।

कर्णाली प्रदेशसभाको बसेको वैठकमार्फत कांग्रेस सांसदहरुले आर्थिक मामिला मन्त्रीको राजीनामा मागेका हुन।

आर्थिकमन्त्रीले संसदलाई झुठो विवरण पेश गरेको, संसदबाट सर्वसम्मत रुपमा पारित गरिएको विनियोजन विधेयकलाई तोडमोड गरिएको लगायतका आरोप लगाउँदै प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले मन्त्री ज्वालाको राजीनामा मागेका हुन।

आर्थीक मामिला मन्त्रीले प्रतिवद्धता गरेबमोजिमको विधेयक नआएकोले सदनलाई गुमराहमा राख्ने मन्त्रीको राजीनामा माग गर्नुपरेको उहाँले बताउनुभयो।

प्रतिपक्षले बैठक सुचारु हुन नदिने अडान राखेपछि सभामुख राजबहादुर शाहीले संसद वैठक असोज १ बस्नेगरी स्थगित गर्नुभयो।

Share.

About Author

Leave A Reply