कर्णालीका दुइ जिल्ला कोरोना मुक्त ।

0

साउन ४,कर्णाली प्रदेशका दुर्इ जिल्ला मुक्त भएका छन।

हुम्ला र जुम्लामा  अहिले एक जना पनि सक्रिय सङ्क्रमित नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा अहिले २ सय २१ जना संक्रिय कोरोना संक्रमितहरु रहेका छन।

संक्रमितहरु जिल्लाका विभिन्न आर्इसोलेसन सेन्टरहरुमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

हालसम्म १ हजार सात सय ३८ संक्रमित मध्य १ हजार  पाँच सय ११ जना निको भएका र ६ जना मृत्यु भएका घटाउदा अहिले २ सय २१ जना संक्रमित रहेको मन्त्रालयले जानकारी गराएको छ।

यस्तै आज सुर्खेतको मेहेलकुनाबाट एक र डोल्पाबाट एक जनाले कोरोना जितेको मन्त्रालय अन्तरगतको स्वास्थ्य माहाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले बताउनुभयो।

यस्तै आज एक सल्यानमा जना संक्रमित थपिएका छन।

पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा सल्यानको बनगाड कुपिन्डे नगरपालिका १ का ३५ बर्षका पुरुषमा संक्रमण देखिएको हो।

कर्णालीमा हालसम्म ३६ हजार ३ सय २ जनाको आटिपिसिआर विधिबाट परिक्षण गरिएकोमा १ हजार सात सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ।

 

 

Share.

About Author

Leave A Reply