कर्णालीका भौतिक पुर्वाधार विकास मन्त्री खत्री पदमुक्त।

0

साउन ३१ सुर्खेत,कर्णाली प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री खडकबहादुर खत्री पदमुक्त हुनुभएको छ।

ठेकेदारसमेत रहनुभएका मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ पूर्जी जारी गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उहाँलाइ बर्खास्त गर्नुभएको हो।

संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम खत्रीलाई पदमुक्त गरि मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीले नै सम्हानु भएको छ।

खत्रीलाई बर्खास्त गरिएको निर्णयको जानकारी प्रदेश प्रमूख दुर्गाकेशर खनाललाई दिइसकेका मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिनुभयो।

उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई पक्राउ गर्न आदेश दिएको थियो।

अदालतले राजुप्रसाद श्रेष्ठसँगै पक्राउ गर्न आदेश जारी गरेपछि मन्त्री खत्रीको पद धरापमा परेको थियो।

उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले आदेश जारी गर्नुभएको हो।

मन्त्री खत्रीसहित पाँच जनाले एक करोड १० लाख ८० हजार रकमको कृषि विकास बैंक भोजपुरबाट जारी नक्कली झुटो, किर्ते, बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेका अदालतले ठहर गरेको छ।

यो प्रकरणमा पाँचै जनाविरुद्ध बैंकिङ कसुर अन्तरगत मुद्दा चलाइएको छ।

 

 

Share.

About Author

Leave A Reply