कर्णालीका मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक।

0

असोज २६, नेकपा कर्णाली प्रदेशका संसदिय दलका प्रमुख सचेतक गुलावजंग शाहलार्इ जिम्मेवारीबाट हटार्इएको छ।

मुख्यमन्त्री तथा संसदिय दलका नेता महेन्द्रबहादुर शाहीले एक विज्ञप्ति जारी गर्दै शाहलार्इ जिम्मेवारीबाट हटार्इएको बताउनुभएको छ।

१८ जना संसादले मुख्यमन्त्री समेत रहनुभएका नेकपा संसदीय दलका नेता शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराईएको भोली पल्ट शाहलार्इ हटार्इएको हो।

सांसदहरूले अविश्वासको प्रस्ताव प्रमुख सचेतक शाहलाई बुझाएपछि शाहले भोली संसदीय दलको बैठक बोलाउनु भएको थियो।

शाहको कामकारवाही,सन्तोषजनक नभएकाले जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसैबीच आजै संसदिय दलका सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिर्इएको छ।

शाहलार्इ जिम्मेवारीबाट हटार्इएको केही समयमै नेपालीलार्इ नियुक्त गरिएको जनार्इएको छ।

शाहलाई हटाएर नेपालीलाई जिम्मेवारी दिइएको जानकारी पार्टी प्रदेश कमिटी र प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकेको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ।

नेकपा कर्णाली प्रदेशमा लामो समयदेखि विवाद बहुमत सांसदले दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि सतहमा आएको छ।

उता अविश्वासको प्रस्तावदर्ता गराएका सांसदहरूले भने मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेकाले निलम्बन संसदीय दलका नेताले हटाउन नमिल्ने बताएका छन।

यसअघि भोलीका लागी बोलार्इएको बैठक के हुन्छ भन्नेबारे अन्यौल भएको छ।

 

 

Share.

About Author

Leave A Reply