कर्णालीका विद्यालय अपांग मैत्री नहुदा बालबालीकालाइ समस्या ।

0

असाेज १६-सु्र्खेत।अपांगता भएका बालबालीकालार्इ शिक्षाको पहुचमा ल्याउन सबै एकजुट भएर लाग्नुपर्ने एक कार्यक्रमका सहभागिले जोड दिएका छन।

उनिहरुले कर्णालीमा रहेका अपाङगता भएका बालबालिकाहरुको तथाङक संकलन गरेर शिक्षाको पहुँच ल्याउनुपर्ने बताएका छन।

कार्यक्रममा दैलेख र जाजरकोटमा गरी ४ वटा विधालयको स्रोत कक्षामा अनुगमनक्रमा अपांग मैत्री विधालय नभएको अनुगमनका क्रममा भेटिएको छ।

उनिहरुले अपांगता भएका बालबालीकालाइ शिक्षा दिनुपर्ने भएपनि घरपरिवार, विद्यालय र स्थानिय निकायपनि जिम्मेवार नहुँदा बालबालीकालाइ समस्या हुने गरेको बताएका छन।

१० जना अपांगता भएका बालकालीकाहरु भएको स्थानमा एउटा विशेष खालको कक्षा सञ्चालन गर्न पाउने व्यवस्था भएपनि  यो सुविधा नहुदाँ धेरै स्थानमा विद्यार्थीहरु शिक्षा लिनबाट बन्चित भएका छन।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखाका लोक बहादुर विष्टले विषेश कक्षा सञ्चालनका लागि १० वटा जिल्लामा २ करोड रकम मन्त्रालयले छुट्याएको बताउनु भयो।

सेभ द चिल्ड्रेनका सिर्जन अधिकारीले हाल नेपालमा प्राथमिक तहमा ९६ प्रतिशत बालकालीमा भर्ना भएको भन्दै बाकी भएका ४ प्रतिशत मध्ये २ प्रतिशत अपांगता भएका बालबालीका भएको बताउनु भयो।

यस्तैगरी राष्टिय अपांग महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष सुरेश खड्काले अझैपनि कतिपय विद्यालयले अपांगता भएका बालबालीकालाइ भर्ना गर्न पनि नमानेको कारण समस्या हुने गरेको बताउनु भयो।

राष्टिय अपांग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो।

Share.

About Author

Leave A Reply