कर्णालीका सबै कागागारमा पुस्तकालयको उदघाटन।

0

चैत २४-सुर्खेत।कर्णालीका प्रदेशमा रहेका सबै कागागारमा स्थापना गरिएको पुस्तकालयको आज एकैपट औपचारिक उदघाटन गरिएको छ।कर्णालीमा करिब २१ लाख बराबरका ८ हजार तीनसय बढी पुस्तक संकलन भएको जनार्इएको छ।जिल्ला र प्रदेशमा गरेर विभिन्न संघसंस्था तथा व्यक्रिहरुको सहयोगबाट किताब संकलन गरिएको हो।पुस्तकालयको उद्घाटन गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पुस्तक पढ्ने बानिले मात्र सकरात्मक सोचको विकास गर्न सकिने बताउनुभयो।उहाँले कैदि बन्दीहरुलार्इ कारागार भित्रै विभिन्न सिपमुलक तालिमको व्यवस्था गर्नको लागि आबश्यक छफलल गरिने उल्लेख समेत गर्नुभयो।मुख्यमन्त्री शाहीले कारागारमा पुस्तकालय निर्माण भएसंगै सामाजिक रुपान्तरणको अभियान पनि संञ्चालन भएको बताउनुभयो।उहाँले पुस्तक पढेर राम्रो कुराको ज्ञान हासिल गर्नसकिने भन्दै,यसअघि भएका कमजोरीलार्इ विर्सेर करागारबाट छुटिसकेपछि समाजमा राम्रो सन्देश दिने कार्यमा लाग्न कैदिबन्दीलाइ अपिल गर्नुभयो।कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावलले कारागारमा बसेर खाली समयलार्इ विताउनुको सट्टा पुस्तक पढेर सिर्जनशील बनाउन्न आग्रह गर्नुभयो।उहाँले कर्णाली सरकारले आवश्यक सिपमुलक तालिम संञ्चालनको लागि तयार रहेको भन्दै छिटै तालिम संञ्चालन गरिने बताउनुभयो।पुस्तकालयको उद्घाटनपछि कैदीबन्दीलाई चर्चित लेखकसाहित्यकारसँग साक्षात्कार समेत गरार्इएको छ।कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि,साहित्यकार,पत्रकार लगायतको उपस्थिति रहेको थियो।

Share.

About Author

Leave A Reply