कर्णालीको दोस्रो अधिवेशन अन्त्य– १७ विधेयक पारीत

0

सविता जिसी ।
कात्तिक १९, सुर्खेत ।

१७ वटा बिद्येयक पारीत गर्दै कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य भएको छ ।
आज बसेको कर्णाली प्रदेशसभाको बैठकमा सभामुख राजबहादुर शाहीले संसदको दोस्रो अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको हो । गत जेठ ११ गतेबाट सुरु भएको बैठकको अन्तिम दिन २ वटा विधेयक पारित भएका छन् । बैठकले प्रदेश सभाका पदाधिकारी र सदस्य तथा प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी विधेयक पारित गरेको हो ।
सभामुख शाहीले दोस्रो अधिवेशनले आर्थिक २०७५÷०७६ कालागि बजेट विनियोजन तथा आर्थिक कार्यविधि पारीत गरेको बताउनु भयो ।
दोस्रो अधिवेशनबाट पारीत भएका १७ वटा विधेयक मध्य १३ विधेयक प्रदेश प्रमुखबाट प्रमाणिकरण भइसकेका छन् भने ४ वटा विधेयक प्रमाणिकरण हुन बाकि रहेका छन् । चालु अधिवेशनमा संसदमा दर्ता भएका जम्मा २० विधेयक मध्य ३ वटा विधायन समितिमा छलफलमा छन् ।
यसैबिच कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सभाको दोस्रो अधिवेशनले गरेका काम संन्तोषजनक भएको बताउनुभयो । शाहीले संसदका सबै सांसदहरु समृद्ध कर्णालीको पक्षमा रहेको भन्दै कर्णालीका गरिबी र अभावका विरुद्ध लागीरहने बताउनु भयो ।
यस्तै नेकपाका सांसद यामलाल कँडेलले कर्णालीको समृद्धिको आगामी दिनमा सदनलाई थप क्रियाशील बनाउनेतर्फ लाग्नुपर्ने बताउनुभयो ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद शोशिला शाहीले जनताको चाहानालाई मध्यनजर गर्दै संसदले काम गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

Share.

About Author

Leave A Reply