कर्णालीको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रणसँगै शिक्षा र कृषिलाई रोजगारी प्रथामिकतामा ।

0

जेठ १६, सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।

आगामी आर्थिक बर्षको निति तथा कार्यक्रममा कोरोना नियन्त्रणसँगै शिक्षा र कृषिलाई रोजगारीसंग जोडिएको छ।

प्रमुख कलौनीले कोरोना नियन्त्रण तथा रोकथामलार्इ उच्च प्राथामिकता दिएको भन्दै उपचारलाइ व्यवस्थित बनाउने बताउनुभयो।

उहाँले महामारीबाट जनतालाई सुरक्षित राखिने भन्दै लकडाउनलाई थप व्यवस्थित बनाउने, क्वारेन्टाइनमा रहेकालार्इ खाना र निर्वाह भत्ता उपलब्ध गराउने।बार्इट १

नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रमा लगानी बृद्धि गरिने, पर्यटन क्षेत्रको विकास गरेर कर्णालीको आर्थिक बृद्धि गर्ने दैलेखको राकममा ट्रमा सेन्टर स्थापना गरिने उल्लेख गरिएको छ।

नीति तथा कार्यक्रममा कर्णाली प्रदेशका सबै स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गरिने जनाएको छ।

प्रमुख कलौनीले सबै जिल्ला अस्पतालमा कम्तीमा १ सय शैया आईसोलेन, ५ शैयाका आईसीयु र एक भेन्टिलेटरको व्यवस्था गरिने उल्लेख गरिएको छ।

विकास निर्माणका कामलाई अगाडी बढाउनका लागि ठुला पूर्वाधार विकासका लागि परियोजना बैंक बनाइने छ प्रदेश प्रमुख कलौनीले बताउनुभयो।

निति तथा कार्यक्रममा आर्थिक बृद्धि गर्नका लागि नीजि क्षेत्र, सहकारी क्षेत्रसँग सहकार्य गरेर रोजगारी बृद्धि गर्ने लक्ष्य राखिएको छ।

यस्तै सडक निर्माणको गुरुयोजना निर्माण गरिने निति तथा कार्यक्रममा समिटिएको छ।

सुर्खेतदेखि हुम्लाका हिल्सासम्मको सडक निर्माणका लागि संघीय सरकारसँग सहकार्य गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ।

प्रदेश राजधानी वीरेन्द्रनगरको खानेपानीको समस्या समाधान गर्न भेरी लिफ्ट खानेपानी आयोजना अघि बढाउन नेपाल सरकारसँग समन्वय गरिनेछ।

एक जिल्ला एक पर्यकीय क्षेत्रको विकास गरिने नीति तथा कार्यक्रम संचालन गरिने जनाएको छ।

भेरी बबईमा जलविद्युत आयोजनामा प्रदेश सरकारले लगानी गर्ने, सुर्खेतको वीरेन्द्रनगरलाई हरित नगरका रुपमा विकास गर्ने लक्ष्य राखेको छ।

निति तथा कार्यक्रममा मनोरञ्जन, स्वास्थ्य र व्यक्तित्वका लागि  खेलकूद भन्ने अभियानलाई सार्थक बनाउन अब्बल खेलाडी उत्पादन र खेलकूद क्षेत्रको पूर्वाधार तथा संस्थागत बिकास गरिनेछ।

राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता सञ्चालन गर्न खेलकुद पूर्वाधारको विकासको लागि सरकार र स्थानीय तहसँग सहकार्य गरिने भएकोछ।

 

 

 

Share.

About Author

Leave A Reply