कर्णालीको र्इन्चार्जको जिम्मेवारी शर्मालार्इ।

0

असोज ६सुर्खेत।सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीको कर्णाली सहित सबै प्रदेस कमिटीको नेतृत्व चयन गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रदेश संगठन कमिटीका  इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको नाममा टुंगो लगाएको हो।कर्णाली प्रदेशको इन्चार्जमा जनार्दन शर्मा र सह–इन्चार्जमा यमलाल कंडेलले चयन हुनुभएको छ।यस्तै, बैठकले प्रदेशको अध्यक्षमा गोरख बोगटी र सचिवमा मायाप्रसाद शर्मालाई जिम्मेवारी दिएको छ।सचिवको जिम्मेवारी पाउनु भएका मायाप्रसाद शर्माले भने मर्यादाक्रम नमिलेको भन्दै आफूले पद अस्वीकार गरेको विभिन्न प्रतिक्रिया दिनुभएको छ।यी चारजनालार्इ प्रदेश कमिटीलाई र तल्ला कमिटीको एकतालाई पूर्णता दिने जिम्मेवारी समेत दिर्इएको छ।तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच जेठ ३ गते एकता भएर नेकपा गठन भएको हो।यो दल अहिले तल्ला कमिटी र भातृ संगठनको एकताको चरणमा रहेको छ ।यस्तै प्रदेश ७ इन्चार्ज- भीम रावल सहइन्चार्ज- लक्ष्मीदत्त जोशी अध्यक्ष- कर्ण थापा सचिव- सिंहराज चौधरी रहनु भएको छ।यसैगरी प्रदेश ५ इन्चार्ज- शंकर पोखरेल सहइन्चार्ज- दलबहादुर राना मगर अध्यक्ष- ओनसरी घर्ती सचिव- जगप्रसाद शर्मा रहनुभएको छ।

Share.

About Author

Leave A Reply