कर्णालीगत आर्थिक बर्षमा ४६ जना नयाँ कुष्ठरोगीका विरामी फेला परे।

0

भदौ २६ सुर्खेत,कर्णाली प्रदेशमा गत आर्थिक बर्षमा ४६ जना नयाँ कुष्ठरोगीका विरामी फेला परेका छन।

आर्थिक वर्ष २०७५-०७६ मा कर्णालीका १० जिल्लामा नयाँ विरामी पत्ता लागेका आइएनएफ सुर्खेतले जनाएको छ।

कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको आईएनएफका अनुसार सुर्खेतमा ११ जना नयाँ विरामी भेटिएको जनाएको छ।

यस्तै जाजरकोटमा १४, दैलेखमा ९, कालिकोटमा ७ रुकुम पश्चिमा २ जना नयाँ बिरामी फेला परेका छन्।

आर्इएनएफ सुर्खेतमा कर्णाली प्रदेश बाहेका अन्य जिल्लाका १० जना विरामीले पनि सेवा  लिएको अस्पतालले जनाएको छ।

प्रति १० हजार जनसंख्यामध्ये एक जनाभन्दा कम गर्ने लक्ष्य लिइए पनि बिरामीहरू वर्षेनि बढ्दै जाँदा यसमा चुनौती देखिएको छ।

साइनिङ अस्पतालका प्रमुख मंगल चौधरीले सुर्खेतमा पछिल्लो समय कुष्ठरोगका विरामीको संख्यामा कमी आएको बताउनुभयो।

उहाँले अघिल्लो बर्षको तुलनामा यस बर्ष सुर्खेतमा कुष्ठरोगका विरामीको संख्यामा कमी आएको बताउनुभयो।

नेपालमा पनि वर्षेनि ३ हजारभन्दा बढी कुठरोगका बिरामी फेला पर्ने गरेका छन्।

एक बर्षको अवधिमा आइएनएफ सुर्खेतमा ११ हजार कोष्ठरोग तथा छाला सम्बन्धी समस्या भएका विरामीले सेवा लिएका छन।

Share.

About Author

Leave A Reply