कर्णालीबाट कोरोना भाइरस नमूना पठाएका सात जनामा संक्रमण नदेखिएन।

0

कर्णालीबाट कोरोना भाइरस नमूना पठाएका सात जनामा संक्रमण नदेखिएन जनाएको छ।

अरु दुइ जनाको रिपोर्ट आउन बाँकी रहको जनाएको छ।

यस्तै सुर्खेतमा वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा काठमाण्डौ र भारतबाट आएका थप  आठ जनालाई क्वरेन्टीनमा राखिएको छ।

उनीहरुलाई वीरेन्द्रनगर-६ मा रहेको जन नमुना माविमा क्वरेन्टीनको व्यवस्था गरेर राखिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरु आफूहरु भारत र काठमाण्डौबाट आएको भन्दै सम्पर्कमा आएका थिए।

यसअघि प्रदेश सरकारले भारतबाट फर्की आएका एकसय २ जनालाई क्वरेन्टीनमा राखिसकेको छ।

यस्तै वीरेन्द्रनगर नगरपालिकाले भारत तथा अन्य देशबाट आएका १७ जनालाई होम क्वरेन्टीनमा राखेको जनाएको छ।

सरकारले गरेको लकडाउन उल्लंघन गरेको भन्दै सुर्खेतमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ भने ६१ गाडीलाई पनि नियन्त्रणमा लिइएको डीएसपी रवी रावलले जानकारी दिनुभयो।

Share.

About Author

Leave A Reply