कर्णालीमा आज २१४ जनाले कोरोना जितेः५०६ जना संक्रमितको उपचार चल्दै।

0

सुर्खेत असार १३,कर्णाली प्रदेशबाट आज अहिले सम्मकै धेरै २ सय १४ जनाले कोरोना भार्इरसको संक्रमणलार्इ जितेर घर फर्केका छन।

सामाजिक विकास मन्त्रालयले कर्णालीका विभिन्न जिल्लाबाट संक्रमितहरु कोरोना मुक्त भएको जनाएको छ।

मन्त्रालयका स्वास्थ्य माहाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले आज सुर्खेत दैलेख र रुकुमपश्चिका आर्इसोलेसन उनिहरु कोरोना मुक्त भएका बताउनुभयो।

उहाँले कर्णालीमा हालसम्म कोरोना भार्इरसलार्इ जित्नेको संख्या ९ सय ३४ पुगेको जानकारी दिनु भयो।

कर्णालीमा  ७ थपिए 

यसैबीच आज कर्णालीमा थप ७ जना नयाँ संक्रमण थपिएका छन।

संक्रमित हुने सबै ९ जना सुर्खेतको पन्चपुरी नगरपालिकाका रहेको मन्त्रालयले पुष्टि गरेको छ।

यस्तै कर्णालीमा सबै भन्दा धेरै दैलेखमा ७ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ भने सुर्खेतमा ३ सय ४९ जनामा कोरोना पोजेटिभ देखिएको छ।

यस्तै सल्यानमा १ सय  ७७, कालिकोटमा ४७, जुम्लामा ३०, जाजरकोटमा १३, मुगुका २  हुम्ला र रुकुमपश्चिममा दुर्इदुर्इ तथा डोल्पामा एक जनामा संक्रमण देखिएको छ।

यस्तै कर्णालीमा रहेका अन्य प्रदेशका ५९ जना सहित गरेर एक हजार ४ सय ३३ जनामा संक्रमण देखिएको मन्त्रालयको तथाङक रहेको छ।

योसंगै हालसम्म कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार चार सय ४० पुगेको छ।

५ सय ६ जना जनाको उपचार चल्दै

यस्तैबीच कर्णालीमा यी मध्य निको भएर घर फर्केका र ज्यान गुमाएकाहरुको संख्या घटाउँदा अहिले कर्णाली प्रदेशमा ५ सय ६ जना संक्रमित रहेका छन।

अहिले सम्मजम्मा संक्रमित १४ सय ४० मध्ये ९ सय ३४ जना निको भएसंगै ५ सय ६ जनाको उपचार भर्इरहेको छ।

 

 

Share.

About Author

Leave A Reply