कर्णालीमा कृषि गर्न चाहानेलाइ कृषि ऋणमा ब्याज अनुदान दिइने।

0

भदौ २२, सुर्खेत कर्णाली प्रदेश सरकारले व्यवसायिक रुपमा कृषि गर्न चाहाने किसानका लागि कृषि ऋणमा ब्याज अनुदान कार्यक्रम ल्याएको छ।

सरकारले कृषि तथा पशुपालन व्यवसायको प्रवर्द्धन गरी किसानको रोजगारी वृद्धि र जीवनस्तर उकास्ने उद्देश्यले ब्याज अनुदान कार्यक्रम ल्याएको जनाएको छ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आजदेखि कृषि ऋणमा ब्याज अनुदान सहुलियत कार्यक्रम कार्यान्वयनमा ल्याएको जनाएको छ ।

किसानहरुले पाँच वर्षसम्मका लागि एक करोडसम्मको ऋणमा सात प्रतिशत ब्याज अनुदान पाउनेछन।

विभिन्न बैँक तथा वित्तीय संस्थामार्फत व्यवसाय गर्न चाहाने किसानहरुलाई ऋणमा ब्याज अनुदान उपलब्ध गराइने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिनुभयो।

उहाँले कृषि तथा पशुपालनको क्षेत्रमा २० प्रकारका व्यवस्था गरिएको जानकारी दिनुभयो ।

मन्त्रालयले ब्याज अनुदान कार्यक्रमका लागि चालू आर्थिक वर्षमा सात करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ।

ब्याज अनुदान लिन किसानले अनिवार्य रुपमा स्थायी लेखा नं प्रमाण पत्र लिएको हुनुपर्ने र १० लाख भन्दा बढी ऋण लिनु परे व्यवसायको विस्तृत परियोजना तयार गरेर पेश गर्नुपर्नेलगायतका शर्तहरु राखिएको छ ।

यदि किसानले ऋण लिएर नतिरे ऋणीलाई कर्जा सूचनाको कालो सूचीमा राख्ने, चलअचल सम्पत्ति रोक्का गर्ने, सामाजिक सुरक्षा भत्ता लागयतका अन्य नागरिक सेवाबाट बञ्चित गराइने व्यवस्था गरिएको छ।

 

Share.

About Author

Leave A Reply