कर्णालीमा कोरोनाबारे उच्च सतर्कता ।

0

चैत-७ सुर्खेत ।कर्णाली प्रदेशमा कोरोनाको त्रास बढ्न थालेपछि सतर्कता अपनाउन तर्फ प्रदेश सरकार लागि परेको जनाएको छ।

पछिल्लो केही दिनयता विश्वभर फैलिएको कोरोना भाइरसले चिन्ता बढाएको छ।

उत्तरी छिमेकी मुलुक चीनबाट शुरु भएकाे अहिले दक्षिण सिमा भारतमा समेत संक्रमण देखा परिसकेकाले कोरोनाको उच्च सर्तकता अपानाईएको छ।

प्रदेश सभा बैठकमा समेत सांसदहरुले विश्वमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक तयारी थाल्न सरकारको ध्यानाकर्षण गराएका थिए।

सरकारले कोरोनाको त्रास बढ्दै गएकाले कर्णालीको विभिन्न स्थानमा ‘हेल्थ डेस्क’ खडा गरेर जाँच गरिरहेको छ।

प्रदेश सरकारले चीनसंग सीमा जोडिएको हुम्लाको हिल्सा, प्रदेश ५ सँग सीमा जोडिएको बबई र बर्दियाबाट सुर्खेत भित्रिनेका लागि कुईनेमा, दाङबाट भित्रिने नागरिकका लागि सल्यानको कपुरकोट र काठमाडौंबाट सुर्खेत भित्रिने नागरिकको चेकजाँचका लागि सुर्खेत विमानस्थलमा ‘हेल्थ डेस्क’ नै स्थापना गरी जाँच गरिँदै आएको छ।

स्वास्थ्य परीक्षणमा कडाईसँगै सचेतना अभियानलाई पनि उत्तिकै जोड दिएको सरकारी  भनाइ छ।

कोरोनाको प्रकोप बढ्न सक्ने भन्दै अत्यावश्यक कामबाहेक धेरै हिडडुल र भिडभाडमा नजान आग्रह गरेको छ।

सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले पनि मान्छेहरुको भिडभाड र भेला हुने जस्ता कार्यक्रमहरु आयोजना नगर्न समेत अनुरोध गरेको छ।

प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले स्थापना गरिएका हेल्थ डेस्कको अनुगमन समेत गरेको बताएका छन।

Share.

About Author

Leave A Reply