कर्णालीमा कोरोना जित्नेको संख्या १८ सय नाघ्यो।

0

साउन १०, कर्णाली प्रदेशमा आज एकै दिन ५४ जनाले कोरोना भार्इरसको संक्रमणलार्इ जितेका छ।

आज सुर्खेत र जाजरकोटका विभिन्न आसोलेसन सेन्टरबाट ५४ जना कोरोना मुक्त भएसंगै कर्णालीमा कोरोना जित्नेको संख्या १६ सय नाघेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालय स्वास्थ्य माहाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले निको हुने दर बढ्दै हाल सम्म १६ सय ३९ जना निको भएर घरफर्केको बताउनुभयो।

कर्णालीमा संक्रमित मध्य निको भएका र मृत्युका घटाउदा अव २ सय ६ जनाको विभिन्न आसोलेसनमा रहेको उहाँको भनार्इ छ।

यस्तै आज थप २७ जनामा कोरोना भार्इरसको संक्रमित देखिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेशन प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।

यो संगै कर्णालीमा संक्रमितको संख्या १८ सय ५१ पुगेको छ।

संक्रमितमध्ये सुर्खेतका ११ जना कालिकोटका ३ र जाजरकोटका ६ दैलेख हुम्ला र अछामका दुर्इदुर्इ र हुम्लाका एक जना रहेका छन।

यसैबीच सुर्खेतमा अहिले ५३ जना संक्रिय कोरोना संक्रमितहरु रहेका छन।

जम्मा ५ सय ३७ संक्रित मध्य ४ सय ८४ जना निको भएका र दुर्इ जना मृत्यु भएका घटाउदाँ ५३ जनामात्र रहेका छन।

यस्तै दैलेखमा ८७, सल्यानमा १५ कालिकोटमा २० जाजरकोटमा १४ रुकुमपश्चिम ९ जुम्लामा ३ मुगुमा ६ हुम्लामा २ र डोल्पामा १ जना संक्रिय संक्रमित रहेका छन।

 

Share.

About Author

Leave A Reply