कर्णालीमा कोरोना भाइरसका २५ जना संक्रमित थपिए।

0

भदाै २३,कर्णाली प्रदेसमा आज बीरेन्द्रनगरका ७ जना सहित २५ जना कोरोना भार्इरस संक्रमित थपिएका छन भने सुर्खेत जिल्लामा मात्रै ८ जना रहेका छन ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले सुर्खेत र दैलेखमा गरी ३५२ जनाको स्वाब परिक्षण गरिएकोमा २५ जनालार्इ संक्रमण पुष्टि भएको जनाएको छ।

नयाँ थपिनेमा सुर्खेतको बीरेन्द्रनगर वडा नम्बर ८ र ११ का दुर्इ दुर्इ जना छन भने वडा नम्बर ४, ६ र १० का एक एक जना तथा चिंगाड गाउँपालिकाका एक जना छन ।

यसैगरी दैलेखका पाँच जना, मुगुका दुर्इ जना तथा कालीकोट, जाजरकोट, जुम्ला, हुम्ला र रुकुम पश्चिमका एक एक संक्रमित थपिएका छन।

यस्तै सुर्खेतमा स्वाब संकलन गरिएका बाँकेका २ तथा बर्दिया, अछाम, र तेह्रथुमका एक एक जनालार्इ संक्रमण पुष्टी भएको छ

महाशाखाका शिक्षा स्वास्थ्य अधिकृत नवराज कँडेलले आज १० जनाले कोरोना भार्इरसको संक्रमणलार्इ जितेर घर फर्केका बताउनु भयो ।

प्रदेस अस्पताल सुर्खेतबाट चार जना,जाजरकोटबाट ५ जना र दैलेखबाट एक संक्रमणलार्इ जितेर घर फर्केपछि निको हुनेको संख्या २३ सय १७ पुगेको उहाँको भनार्इ छ।

अहिले प्रदेस भरी ३५१ जना संक्रमित विभिन्न आर्इसोलेशनमा छन ।

यी मध्य कर्णाली प्रदेसका २९९ जना र अरु प्रदेस बाहिरका भएको महाशाखाले जनाएको छ ।

प्रदेसभरी अहिलेसम्म करिब ६३ हजार ७४४ जनाको पीसीआर परिक्षण गरिएको महाशाखाको तथ्याँक छ।

 

Share.

About Author

Leave A Reply